कञ्चनपुर, २२ कार्तिक

कञ्चनपुर निर्वाचन क्षेत्र ३ अन्र्तरगत भीमदत्त नगरपालिका ५ नम्बर वडामा नेकपा एकीकृत समाजवादीले घरदैलो कार्यक्रम गरेको छ । मंगलबार बाम लोकतान्त्रिक गठबन्धनले क्षेत्र ३(क)ले घरदैलो राखेको हो । नेकपा माओवादी कञ्चनपुरका युवा नेता एव बाम लोकतान्त्रिक गठबन्धनका नेता बिरेन्द्र बिसीले बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार रमेश लेखक, क्षेत्र ३(क) प्रदेश सभा सदस्यका उम्मेदवार टेकेन्द्र प्रशाद भट्ट सहितका नेता कार्यकर्ताले संयुक्त रुपमा टोलमा भेला गर्दै घरदैलो गरेका हुन । सुकासाल, बनगाँउ, बैजनाथ टोलमा भेला गर्दै बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारद्वय रमेश लेखक, टेकेन्द्र प्रशाद भट्टले संविधानको रक्षाका साथै स्थानीय सम्बृद्धिका योजना अघि गर्दै जनताकै काममा खटिने प्रतिबद्धता जाहेर गरेका छन ।

प्रतिक्रिया दिनुस