महेन्द्रनगर । लोकतान्त्रीक वाम गठबन्धनको चुनावी सभालाई सम्बोन्धन गर्दै नेपाल कम्यíट पार्टी (माओवादी केन्द्र)का जिल्ला इन्र्चाज तथा निर्वाचन क्षेत्र नं. ३ (१)को प्रदेश सभाको साझा उम्मेदवार टेकेन्द्र प्रसाद भट्टले संधियता नचाहने शक्तीहरुले अहीलेको संविधान र व्यवस्था नचाहेको आरोप लगाउनु भएको छ । अहिलेको संविधान र व्यबस्था नचाहनेहरु नै अहिलेको चुनावमा जनता संग मत माग्न आएकाले यो निकै चिन्ताको बिषय भएको उल्लेख गर्नु भयो ।

नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र) सहितका सक्ता गठबन्धन दलहरुका प्रदेश सभा सदस्य पदका साझा उम्मेदवार भट्टले मंगलबार भएका चुनावी सभालाई सम्बोधन गर्दै आफुहरुको गठबन्धन दशकौको त्याग र बलीदानबाट प्राप्त उपलब्धीहरुको रक्षाको लागि आफुहरु मिलेर अहिलेको चुनावी कार्यक्रमा आएको बताएका छन् ।

कञ्चनपुरको निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता रमेश लेखकको उम्मेदवारी रहेको छ भने प्रदेश सभाको १ बाट नेकपा (माओवादी केन्द्र)का नेता टेकेन्द्र भट्ट र २ तर्फबाट नेपाली कांग्रेुका बेलबहादुर राना उमेदवार रहेका छन् ।

सत्ता गठबन्धनका उम्मेदवारहरु संग नेकपा एमाले र राप्रपा लगायतका दलहरुका उमेदवारहरु मुख्य प्रस्तीस्प्रधामा रहेका छन् । मंगलबार भिमदत्त नगरपालिकाको वडा नं. ५ मा भएका कार्यक्रमहरुलाई सम्बोधन गदै नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभाका उमेदवार रमेश लेखकले देशमा अहिलेको निर्वाचनले जनमत संग्रहका रुपमा अग्रगमन र पश्यगमनको लडाई भएकाले सबैलाई अहिलेको व्याबस्था बचाउन मतदानमा सहभागीहुन आग्रह गर्नु भयो ।

प्रतिक्रिया दिनुस