कञ्चनपुको क्षेत्र २ मा नेकपा एमाले उमेदवार नर‌बहादुर धामी र गठबन्धन नेपाली कांग्रेस उमेदवार नारायण प्रकाश साउद एन पी बिच कडा प्रतिसपर्धा हुने भएको छ । चुनावी प्रसार गर्न गाउँ गाउँ पुगेका सबै दलका नेताहरू मतदाता संग मत माग्न व्यस्त रहेका छन ।

चुनाव माहोल नजिकै जाँदा नर बहादुर धामीको माहोल गाँउभरी व्यापक बन्दै गएको देखिन्छ । नर वहादुर संग चुनाव जित्न गठबन्धन लाइ हाम्मे हाम्मे परेको छ ।

सरकारमा गएर मन्त्री हुदाँ समेत खासै कुनै काम गर्न नसकेका एन पि साउँद लाइ जनताले रूचाएका छैनन् कांग्रेस पार्टी भित्र एक गुड एन पि हराउने प्रचारमा लागेका देखिन्छन ।

एनपि साउँद भन्दा नर बहादुर त्यस कारण पनि गाउँमा उन्को निकै चर्चा शुरू भएको एनपि भन्दा धामी बलिया उमेदवार भएको गाउँ गाउँ  प्रचार भइरहेको पाइन्छ ।

२०७४ मा प्रतिनिधि सभा सदस्य भएका धामीले शुक्लाफाँटा नगरपालिकामा शुक्लाफाँटा बहुप्राबिधिक शिक्षालय  र सडक पुर्वाधारका थुप्रै काम गरेका छन । शुक्लाफाँटा नगरपालिकाको वार्ड नम्वर १ को रिङरोट २.५ किलोमिटर कालो पत्रे वार्ड ८ मा सडक कालो पत्रे  वार्ड ३ मा कालो पत्रे सडक त्यस्तै शुक्लाफाँटाको गडजमुनी पिपलाडी हुँदै बनशाह पुग्ने चक्रपथ रिङरोड ४ किलोमिटर कालो पत्रे सडक निर्माण गरेका छन।

त्यस्तै शुक्लाफाँटा नगरपालिकामा सडक पानी पिच, गाउँका सडक स्तरोउन्नती , ग्रामिण सडक ग्रावेल लगायतका काम गरेर पनि नर बहादुर धामी जनतामा चिनिएका छन। शुक्लाफाँटामा विकास निर्माणको काम गरेका हुदाँ धामीको चर्चा शुरू भएको छ।

जनता र नेता कार्यकर्ता संगको केहि समय दुरी टाढा रहेका धामीले चुनाव नजिकै जादाँ उन्को जनता संगको चुनाव प्रसार प्रसा र घरदैलोमा युवा आर्कषर्ण गराएर धामी मदबुद हुँदै गइरहेका छन ।

नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली महेन्द्रनगरको चुनावी आम सभा सम्बोधन गर्न आएका दिन नर बहादुर धामीले फिल्मी शैलीमा शुक्लाफाँटामा आएर नेकपा माओवादी केन्द्रका युवा नेता पर्मानन्द जोशी लगायतका केहि स्थानिय नेता एमाले पार्टीमा प्रवेस गराएर आफ्नो चुनावी माहोल बनाउदै गएका छन ।

संसदमा समेत प्रतिनिधि सभा सदस्य नर बहादुर धामीले भारतले कब्जा गरेको कालापानी, लिपुलेक , लिम्पियाधुरा सिमा बिवाद बारे आवाज उठाउदै आएका थिए । किसानका समस्या वाढी पिडित डुवानमा परेका जनताको आवाज संसदमा शुदुरपश्चिमबाट उठाउने उनी एक्ला संसद थिए ।

सुदुरपश्चिमको विकास निर्माण, सिमा बिवाद, शुदुरपश्चिमका पर्यटकीय धार्मिक क्षेत्रको समेत संसद भवनमा आवाज उठाउने सुदुपश्चिमका एक्का बृहस्पतिको रूपमा चिनिएका छन । खरो स्वाव भएका कारण धामी केहिले मन नपराए पनि अधिकांस जनताका धामी प्रिय पात्र बन्न पुगेका छन ।

नेकपा एमाले उमेदवार धामी ढुक्क संग आफ्नो जित हुने विस्वासमा प्रचार प्रसार जनता भेटघाटमा रहेका छन । २०७४ को चुनावमा माओवादी केन्द्र र एमाले एक पार्टी भएका कारण पनि धामीलाई माओवादी नेताहरूको भित्रि गोप्य सपोट पाइरहेको देखिन्छ ।

 

प्रतिक्रिया दिनुस