डोटीमा भुकम्पले घर भत्किदा ५ जनाको मृत्यु भएको छ । गएराति  २ बजेर १२ मिनेटमा गएको भुकम्पले पूर्वीचौकी गाउँपालिका–३ को गैरा गाउँमा ठक्कर बोहराको घर भत्किदा ५ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।

पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले महिला र दुई बालबालिकाको शव च्यापिएको अवस्थामा भेटिएको जानकारी दिए तर उनीहरुको सनाखत हुन बाँकी छ । अहिले अन्य घाइतेको उद्दार जारी रहेको उपाध्यायले बताए ।

डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाएर राति २ बजेर १२ मिनेटमा ६ दशमलव ६ म्याग्नीच्युडको भुकम्प गएको छ । भुकम्पबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुस