महेन्द्रनगर । नेकपा एमालेका उम्मेदवार सुरेन्द्र विष्टले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वन्यजन्तुबाट पिडितलाई तत्काल राहत दिन बालियो कानुनसहित कोष स्थापना हुनुपर्ने बताएका छन् । मंगलबार राष्ट्रिय निकुञ्ज जोडिएको भीमदत्त नगरपालिका–१४ मा चुनावी भेलालाई सम्बोधन गदैँ उम्मेदवार विष्टले यस्तो बताएका हुन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ ख मा प्रदेश सभा सदस्यका उम्मेदवार रहेका विष्टले आफु निर्वाचित भए निकुञ्ज पिडितका लागि तत्काल राहत तथा क्षतिपुर्तीका लागि कोष स्थापना गर्ने बताए । ‘यहाँ बेला–बेला निकुञ्जका वन्यजन्तुहरुले क्षती पु¥याएको देखिन्छ तर पिडितले समयमै उचित राहत पाउने अवस्था छैन ।’

उनले भने ‘यसका लागि बलियो कानुन आवश्यक छ, कानुन सम्मत छुट्टै राहत कोष स्थापना हुनुपर्छ, म निर्वाचित भए यो काम गर्ने प्रतिवद्धता व्यत्त गर्दछु ।’ त्यस्तै निकुञ्जलाई संरक्षणसँग आयमुलक तर्फ पनि जोड्नु पर्ने उनको भनाई छ ।

निकुञ्जलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न निकुञ्ज किनारमा पर्यटन मार्ग निर्माण गरिएको उनले बताए । भीमदत्त नगरपालिकाका निवर्तमान मेयर समेत रहेका उम्मेदवार विष्टले आफ्नो कार्यकालमा शुक्लाफाँटालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पर्यटन मार्ग अन्य पुर्वाधार निर्माण, प्रचारप्रसारका लागि पर्यटक महोत्सव आयोजना, होम स्टे प्रवन्र्धन लगायतका कामहरु गरेका छन् । आशन्न निर्वाचनका लागि नेकपा एमालेले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभामा निरुदेवि पाल र प्रदेश सभामा पार्टी अध्यक्ष विष्टलाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया दिनुस