खडक रावल

कञ्चनपुरको दोधाराचाँदनीमा भारतबाट कुखुरा तस्करी भईरहेका छन । दैनिक सयौँ कुण्डल कुखुरा तस्करी भईरहेका छन । प्रतिबन्धीत कुखुरा भारतबाट दोधाराचाँदनी नाका भएर समाधन तस्करी हुन थालेपछि स्थानीय कुखुरा पालक किसान मारमा परेका छन । भारतबाट कुखुरा तस्करी हुन थालेपछि उनीहरुले खोरमा पालेका कुखुरा बिक्रि वितरण नभएपछि समस्यामा परेका छन । उनीहरुले सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी र प्रहरीको मिलोमतोमा तस्करी भईरहेको भन्दै नियन्त्रण गर्न माग अघि सारेका छन । भारतबाट नेपाल भित्रिने कुखुरा सशस्त्र प्रहरी र प्रहरीले नियन्त्रण गर्न छाडेपनि स्थानीय कुखुरा पालक किसानले नै तस्करीका कुखुरा बरामद गरेर प्रहरीलाई बुझाएका छन । दोधाराचाँदनी नगरपालिका १का स्थानीय कुखुरा पालक किसान नरेश गिरीले बुधबार बिहान भारतबाट दुई मोटरसाईकलमा आईरहेका कुखुरा सशस्त्र प्रह्री र प्रहरीले बरामद नगरेपछि आफुहरुले बरामद गरेर प्रहरीलाई बुझाएको छ । मोटरसाईकलमा कुखुरा तस्करी गरेर नेपाल ल्याउँदै गरेका सौरब औजी भने फरार भएको स्थानीय कुखुरा पालक किसानले प्रहरीलाई बताएका छन ।

सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी र प्रहरीले तस्कर समुहबाट अवैध रकम अशुलेर निर्वाद रुपमा कुखुरा तस्करी गर्न छुट दिएको भन्दै उनले भत्र्सना गरेका छन । मोटरसाईकल सहित किसानले बरामद गरेका कुखुरा ईलाका प्रहरी कार्यालय दोधाराले भन्सारमा बुझाईएको छ । ईप्रका दोधाराका इन्चार्ज अर्जुन सिह साउदले बरामद गरिएका कुखुरा सहित मोटरसाईकल भन्सार बुझाईएको बताए ।

प्रतिक्रिया दिनुस