कञ्चनपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व भौतिक पूर्वाधारमन्त्री रमेश लेखकले एमाले अध्यक्ष केपी शर्मा ओलीले झुटको खेती गरिरहेको भन्दै हाँस्यास्पद काम गरिरहेको बताएका छन ।

बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट कञ्चनपुर निर्वाचन क्षेत्र ३का प्रतिनिधी सभा सदस्यका उम्मेदवार समेत रहेका पुर्वमन्त्री लेखकले चुनावी सभा सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री भईकसकेका मान्छे ओलीले झुटको खेती गरिरहेको बताए ।

‘पुर्व प्रधानमन्त्री भईसकेका केपी शर्मा ओली जस्ता मान्छेले महाकालीमा मैले पुल बनाए भनेर झुट बोलिरहेका छन, ‘लेखकले भने, ‘म मन्त्री भएका बेला साढे चार अर्बको ठेक्का र टेण्डर गरेर ठेकेदार नियुक्त गरेर म मन्त्रीबाट हटेको हुँ ।’

केपी ओली मान्छेले झुट बोलेर हिड्दै जाँदा आफुलाई अचम्म लागिरहेको बताए । ‘न ओली प्रधानमन्त्री थिए, न उनका मान्छे कुनै मन्त्री थिए, त्यो सरकारमा त उनको मान्छे नै थिएन, प्रचण्ड जी प्रधानमन्त्री हुनुहुन्थ्यो, माओवादीका साथिहरुले मैले बनाएको हुँ भनेको भए र हाम्रो पालामा भनेको हो भन्न सुहारउँछ, किनकी प्रधानमन्त्री प्रचण्ड जी हुनुहुन्थ्यो ।’

झुटको खेत बन्द गर्नु आग्रह गर्दै झुट बोल्ने मान्छे चिन्न आग्रह गरे । ‘साना सानो एमाले नेताले झुट बोलेको सुहाउँछ, ‘लेखकले भने, ‘घरको बुढो मान्छेले झुट बोले घरका सबैले झुट बोल्छन ।’ आफुहरु झुटको खेती नगर्ने र अर्काले गरेको काममा मैले गरेको हुँ भन्दै जसलिन झुटको खेती नगर्ने दावि गरेका छन ।

प्रतिक्रिया दिनुस