बैतडी । नेकपा एमाले बैतडीका प्रभावशाली नेता एव सुर्नया गाउँकमिटि सचिव आनन्दसिंह बोहरा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । चुनावको मुखैमा बोहराले आज माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
बैतडीको पाटनमा लोकतान्त्रिक बाम गठबन्धनले आयोजना गरेको चुनावी सभामा बोहराले एमाले परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेको बताएका हुन् । बोहरा २०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर सुर्नया गाउँपालिका वडा नं ८ को वडा अध्यक्षमा निर्वाचित भएका थिए । निर्वाचित भइसकेपछि उनी फेरी एमालेमै फर्किएका थिए ।
यता एमालेले भने बोहरालाई कारवाही गरिसकेको जनाएको छ । स्थानीय चुनावदेखि नै पार्टीलाई असहयोग गरेको भन्दै बोहरालाई साधारण सदस्य समेत नरहने गरेर निष्कासन गरेको एमालेले जनाएको छ । एमाले राजावादी राप्रपासंग मिलेर कम्युनिष्ट आन्दोलन ध्वस्थ बनाउन खाजेको आरोप लगाएका छन ।