कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका चर्चित निर्माण व्यवसायी निरन्जन प्रशाद भट्टले कञ्चनपुर निर्वाचन क्षेत्र ३मा खुलेरै सत्ताधारी बाम लोकतान्त्रिक गठबन्धनको प्रचारप्रसारमा जुटेका छन । निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष समेत रहेका भट्टले निर्वाचन क्षेत्र ३ प्रतिनिधी सभा सदस्यमा पुर्वमन्त्री रमेश लेखक र ३(क)मा संविधान सभा सदस्यका लागि मत मागिरहेका छन ।
काँग्रेस निकट निर्माण व्यवसायी एव समाजसेवी समेत रहेका भट्टले क्षेत्र ३ प्रतिनिधी सभा सदस्य तर्फ रमेश लेखक र प्रदेश सभा सदस्यमा टेकेन्द्र प्रशाद भट्टलाई अत्यधिक मतले जिताउन जनतासंग अपिल गरिरहेका छन ।
‘प्रतिनिधी सभा रमेश लेखक, प्रदेश सभा सदस्यमा टेकेन्द्र भट्टलाई जिताऔँ, ‘भट्टले भने । संघका अध्यक्ष भट्टले अरोरात्र बाम लोकतान्त्रिक गठबन्धनका उम्मेतवार जिताउनका लागि समेट खटिएका छन ।