अम्बा तिवारी
कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री प्रकास बहादुर रावल कञ्चनपुर निर्वाचन क्षेत्र ३(क) बाट पुन दोस्रो पटक प्रदेश सभा सदस्यको यात्रामा छन ।
नेकपा एकीकृत समाजवादीका तर्फबाट मन्त्री रावल आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्यको उम्मेदवार भई चुनावी मैदानमा होमिएका छन ।
झण्डै तीन दशक बढि समयदेखि राजनीतिमा होमिएका रावल यस अघि ०७४ मा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा रावल क्षेत्र ३(क) बाटै निर्वाचित भएका थिए ।
उतिबेला (नेकपा माओवादी केन्द्र र नेकपा एमाले)विच भएको बाम गठबन्धनका साझा उम्मेदवार रावल अहिले एमाले रहित समाजवादीबाट चुनावमा होमिएका छन ।
उतिबेला माओवादी पाटी रावलको साथमा थियो, अहिले छैन । ०४७ सालमा उच्च शिक्षा अध्ययनकै क्रममा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूमा जोडिएका रावलले यस विचमा विभिन्न राजनीतिक मोर्चा सम्हालेका छन ।
राजनीतिक यात्राको पहिलो चरणमै सिद्धनाथ बहुमुखी क्याम्पस अनेरास्ववियू इकाई कमिटीको नेतृत्व सम्हालेका थिए । त्यसपछी ०४९मा अनेरास्ववियू जिल्ला कोषाध्य, ०५१मा संगठित सदस्य, ५१मै अनेरास्ववियु महाकाली अञ्चल समन्वय सदस्य, तत्कालीन नेकपा एमाले नगरकमिटी सदस्य भएका थिए ।
०५४मा युवा संघ केन्द्रिय कमिटी सदस्य ०६५मा जिल्ला कमिटी सचिवालय सदस्य र नेकपा माओवादी र एमालेविच एकता हुँदा ०७५मा नेकपा सुदूरपश्चिम प्रदेश कमिटि सदस्य भएका थिए ।
एमाले फुटसंगै ०७८मा नेकपा एकीकृत समाजवादी केन्द्रीय सदस्य एज कञ्चनपुर सह इन्चार्जको जिम्मेबारी पाए । ०७४मा प्रदेश सभा सदस्य निर्वाचित भएपछी ०७५मै उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री र त्यसपछि आर्थिक मामिलामन्त्री भएका थिए ।
अहिले पनि रावल सुदूरपश्चिम प्रदेश सरकारकै आर्थिक मामिलामन्त्री हुन । रावलले नै आर्थिक आर्थिक बर्ष ०७९÷०८०को प्रदेश सरकारको बजेट ल्याएका हुन । कृषि क्षेत्रलाई प्राथमिकता दिएर प्रदेश सरकारले ३६ अर्ब, ७४ करोड ६४ लाख बराबरको बजेट ल्याएको छ ।
मन्त्री रावलले पाँच बर्षको कार्यकालमा गरेको विकास निर्माण लोकप्रिय कामकै बलबाट दोस्रो पटक प्रदेश सभा सदस्यको यात्रा तय गरेका हुन । राजनीतिसंगै रावल दर्जनौँ विभिन्न समाजिक संघ संस्थासंग आबद्ध छन ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ कञ्चनपुर अध्यक्ष सहितका अन्य विभिन्न समाजिक एव व्यवसायी संघ संस्थामा नेतृत्व एव जिम्मेबारी निर्वाह गरिसकेका थिए । अधिल्लो पटक निर्वाचनमा रावलले १२ हजार ८१६ मत ल्याएर पहिलो पटक प्रदेश सभा सदस्य बनेका थिए ।
यतिबेला सो क्षेत्रमा ४२ हजार २५९, अहिले ४६ हजार ५८४ मतदाता रहेका छन । अघिल्लो पटक प्रदेश सभा सदस्य भएका रावल राज्यमन्त्री हुँदै अहिले अर्थमन्त्रीको जिम्मेबारीमा छन ।
पहिलो र दोस्रो पटक मन्त्री हुँदा क्षेत्रको सहित जिल्लाको विकास निर्माणका लागि बजेट ओईराएका रावलले अधिल्लो पटक पाँच बर्षे संसदमन्त्री कार्यकालयमा अघि सारिएका विकास निर्माणका योजना अघि बढाउने चुनावी एजेण्डा अघि सारेका छन ।
‘मेरो पहिलो कार्यकालमा थुप्रै विकास निर्माणका योजना सम्पन्न भएका छन, केही अघि बढेका छन, केही सम्पन्न चरणमा छन, ‘रावलले भने, ‘अहिले सम्पन्न हुन नसकेका योजना दोस्रो कार्यकालमा अघि बढाउँछ ।’ बेदकोट ८ सहित भीमदत्त नगरपालिकाको उत्तरी भेगघाँडीघाँच क्षेत्र सुख्खायाम क्षेत्रमा सिँचाईका योजना अघि बढाएपछि कृषि क्षेत्रको उत्पादनमा बृद्धिका साथै किसान प्रत्यक्ष लाभान्वित भएको रावलको भनाई छ ।
‘मैले ०७४ मा ल्याएको घोषणा पत्र अनुरुप निर्वाचित भएपछि संसद, राज्यमन्त्री र मन्त्री भएपछि थुप्रै कामकाज अघि बढाएको छु, ‘उनले भने, ‘हिजो यही महाकाली अस्पतालको अवस्था के थियो ?’ अहिले के छ, तपाई आफै मुल्याङकन गर्नुहोस ।’
महाकाली अस्पतालको स्तरबृद्धिका साथै आवश्यक उपकरण, जनशक्ति एव बजेट प्रबन्ध गरेर जनताले रिर्फर सेन्टरबाट साच्चिकै अस्पताल भएको महसुस गरेको रावलको अनुभवछ ।
महाकाली अस्पतालमा फ्याक्सो मेसिन उपकरण जडान, डाईलासिस मेसिन अहिले केही अनुरा काम अघि बढाउँछु । ‘उत्तरी भेग सुख्खा थियो, मैले भूमिगत सिँचाईका योजना अघि बढाए, आज किसान केरा, तरकारी, फलफुल एव नियमित खेतीतर्फ आकर्षित भएका छन, ‘रावलले भने, ‘फेरीपनि थप आधुनिक कृषिको विकास गर्छु ।’
किसानलाई अनुदानका लागि समेत थुप्रै योजना अघि बढाएर किसान कृषितर्फ उन्मुख भएको रावलले बताए । ‘क्षेत्रको सामुदायिक शिक्षा स्तर बृद्धिका लागि विद्यालय भवन, शैक्षिक समाग्री एव अन्य अनुदानका कार्यक्रम अघि बढाएको छु, ‘रावलले भने, ‘क्षेत्रका पूर्वाधार तर्फ समेत थुप्रै कामकाज भएका छन, सडक, पुल पुलेसा सहितका काम अघि बढेका छन ।’
ऐतिहासिक धार्मिक क्षेत्रको धार्मिक साँस्कृतिक पर्या प्रर्बद्धनका लागि पूर्वाधार विस्तारका योजना अघि बढेको बताउदै रावलले धार्मिक, पर्यटकीय क्षेत्रको विकास गरिने चुनावी एजेण्डा अघि सारेका छन ।
खेलकुद क्षेत्रका समेत थुप्रै कामकाज भएको र कञ्चनपुर कर्बडहलमा साढे ३६ करोडको बहुआयामिक हल निर्माण हुने बताए । बन्द रहेको मझगाँउ बिमानस्थल शुचारुका लागि संविधानले निर्दिष्ठ गरेका सहमती, सहकार्य सहअस्थित्व अनुरुप मझगाँउ बिमानस्थल पुर्नसंचालनको कार्य अघि बढेको बताउदै रावलले केही प्राविधिक समस्या समेत हल गरिने बताए ।
प्रदेश सरकारले अघि सारेको १ अर्ब बराबरको प्रदेश स्वरोजागर कोष कार्यविधी बनाएर अघि बढाउँने रावलको एजेण्डा छ । ‘म अधुरा योजना पुरा गर्छु, ‘रावलले भने, ‘त्यही भएर पुन दोस्रो पटक चुनावी मैदानमा होमिएको छु ।’
जनताको प्रमुख आम्दानीको स्रोत कृषिलाई थप वैज्ञानिकरण गर्दै ‘एक घर एक टर्नेल विस्तार योजना अघि बढाउँदै स्वदेशमै युवालाई आर्थिक कामकाजमा जोड्छु ।’
सिँचाई सुविधा विस्तार, तटबन्ध निर्माण, चुरे संरक्षण, ढल विस्तार, बन्यजन्तुबाट हुने क्षति रोक्र्ने, किसानलार्ई अनुदानका कार्यक्रम अघि बढाउने, व्यवस्थित शहर विकास, सुकुमबासीका समस्या समाधान, पूर्वाधार विकास, पर्यापर्यटन क्षेत्रको विस्तार, विमानस्थल विस्तार, शिक्षा, स्वास्थ्य, खानेपानी, खेलकुल, युवा उद्यमका चुनावी एजेण्डा अघि सारेका छन । ‘म फेरी जनताको घरदैलोमा गएको छु, ‘रावलले भने, ‘मलाई जनताले साथ सर्मथन गर्ने विश्वास गरेको छु, जनताको विश्वास टुट्न दिने छैन ।’