कञ्चनपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कञ्चनपुर निर्वाचन क्षेत्र २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार एनपी साउदले बाम लोकतान्त्रिक गठबन्धनले जिते जनताको हालमा लालपुर्जा पुग्ने बताएका छन । क्षेत्र नम्बर २ मा आयोजित बाम गठबन्धनको चुनावी सभा कार्यक्रमको सम्बोधन गर्दै पुर्वमन्त्री रहेका साउदले बाम लोकतान्त्रिक गठबन्धनले जिते जनताको हालमा लालपुर्जा पुग्ने बताएका हुन । साउदले चालु आर्थिक वर्षभित्रै जग्गाधनी प्रमाणपत्र वितरण गरिसक्ने विश्वास दिलाएका छन ।
चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘निर्वाचन आचारसंहिताका कारण अहिले जग्गा नापजाँचको काम भएको छैन, यसै आर्थिक वर्षमा सबैको हातमा लालपूर्जा पुग्छ, त्यो काम हामी गछौँ ।’ केपीशर्मा ओली नेतृत्वको सरकारले तोकेको भन्दा आधा रकम राजश्व लिएर लग्गाधनी प्रमाणपत्र वितरण गरिने उनको भनाई छ ।
‘केपीशर्मा ओली जी नेतृत्वको सरकारले जग्गाधनी प्रमाणपत्र वितरण गर्दा जग्गाको मूल्य बराबर हुने खालको राजश्व लागू गरेको थियो, ‘उनले भने, ‘अहिले हाम्रो सरकारले केपी ओली नेतृत्वको सरकारले तोकेको मूल्य भन्दा आधा मात्रै राजश्व लिने निर्णय गरेको छ।’ कलुवापुर–नौखरी जोड्ने सुनवरा नदीमा पक्की पुल निर्माण गर्ने उनले बताए । ‘शुक्लाफाँटा ११ मा नदी कटानी बढी छ । व्यवस्थित रुपमा विकास गर्नुपर्ने छ, ‘उनले भने, ‘नौखरी जानका लागि सुनवरा नदीमा पक्की पुल बनाउने छु’ ५ वषर्ससम्मै गठबन्धनलाई निरन्तरता दिइने उनको भनाई छ । ‘हामी एक ढिक्का भएर काम गर्नका लागि आएका हौं, यो गठबन्धन अगामी ५ वर्षसम्मै रहन्छ,’ उनले भने, ‘सांसद विकासको आधा बजेट आदीबासी, जनजातीका लागि खर्च गर्छु । यो क्षेत्रका तीन वटै क्षेत्रका टोलमा विकास निर्माण काम गर्नेछु ।’
कार्यक्रममा बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र २(क) प्रदेश सभा सदस्यका उम्मेदवार ओम विक्रम भाट(सरल)ले बाम गठबन्धनले जिते संविधानको रक्षा, यो व्यवस्था जोगाउनका लागि बाम गठबन्धनले जित्नुपर्ने र बाम गठबन्धनले जिते आम किसानका सबै साझा समस्यादेखि सम्बृद्धि आउने विश्वास व्यक्त गर्नुभयो । ‘एमाले राप्रपा गठबन्धनले जिते राजतन्त्र फर्काउने छन, ‘उनले भने, ‘काँग्रेस, माओवादी सहितको गठबन्धनले जिते जनताको पक्षमा काम गर्नेछन ।’