कञ्चनपुर । बाम लोकतान्त्रिक गठबन्धनले निर्वाचन क्षेत्र ३(क) अन्र्तरगत बेदकोट नगरपालिका ८मा घरदैलो गरेको छ । बाम लोकतान्त्रिक गठबन्धनले बेदकोट नगरपालिका ८ नम्बर वडामा घरदैलो जारी राखेको छ । चुरेसंगै जोडिएको उक्त वडामा बाम लोकतान्त्रिक गठबन्धन वडा कमिटिले घरदैलो गरेका छन ।

नेकपा माओवादी केन्द्र बेदकोट नगरका नेता एव बाम लोकतान्त्रिक गठबन्धन ३(क) चुनाव प्रचारप्रसार समितिका संदस्य दान बहादुर बमले गठबन्धनका चुनावी एजेण्डा सहित जनताको घरदैलोमा गईरहेको बताए ।

‘हामी चुनावी एजेण्डा सहित जनताको घरदैलोमा गईरहेका छौँ, ‘उनले भने, ‘जनतालाई बाम लोकतान्त्रिक गठबन्धनको औचित्य बारे जानकारी गराउँदै मत मागिरहेका छौँ, जनता बाम लोकतान्त्रिक गठबन्धनको पक्षमा देखिएको पाएका छौँ ।’

नेपाली काँग्रेस बेदकोट नगरका नेता एव बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र ३(क)का नेता दिलु बोहराले जनताको घरदैलोमा जाँदै मत मागिरहेको बताए । ‘हामी जनताको घरदैलोमा गएका छौँ, ‘उनले भने, ‘यस अघि जितेका जनप्रतिनिधीले गाँउमा चुनाव जितेपछि फर्कि नआएको गुनासो पोखेका छन ।’

यसका साथै विभिन्न विकास निर्माणका अपेक्षा गरिरहेका छन । बेदकोट ८ मा माओवादी वडाध्यक्ष शेर बहादुर विष्ट, काँग्रेसका वडाध्यक्ष दल बहादुर विष्ट सहित बाम लोकतान्त्रिक गठबन्धनका नेता कार्यकर्ता चुनावमा खटिएका छन ।

प्रतिक्रिया दिनुस