भूपीउपाध्याय
धर्मराजजोशी सुदुरपश्चिम प्रदेशका कञ्चनपुर निर्वाचन क्षेत्र नं. (क) प्रदेशससभा सदस्य पदका उम्मेदवार
चुनावको तयारी कस्तो छ ?
– चुनावको तयारी तीव्र गतिमाभइरहेका छ । हामीनिरन्तर रुपमाजनताको घरदैलोमागएका छौं ।संगठनको आयोजनामा भेला सम्पन्नभयो । भेलाले कार्ययोजनानिर्माण र्गयो । भेलाको निर्णय अनुरुपमतदातासँगअन्तक्र्रिया र छलफल भइरहेको छ । विभिन्न सरोकारवालाव्यक्तिसँग परामर्श र छलफल भइरहेको छ । पार्टीका एजेण्डा र नगरमाविजयीभइसकेपछि गर्ने कामबारे जनताको बीचमा राखिरहेका छौं ।
घरदैलो अभियानमा हुनुहुन्छ ।मतदाताको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
– लामो समयदेखि स्थानीयतहको निर्वाचननभएकाले जनताको प्राथमिकताविकास रहेको छ । जनताको घरदैलोमाआउने, जनताको समस्याको सुनवाई गर्ने, जनताले अगाडि सारेका विकासका योजना पूरा गर्ने जनप्रतिनिधिजनताले चाहेका छन् । र, मतदाताले सोहीअनुसार प्रतिवद्धताको माग गरेका छन् ।

हामीले यसक्षेत्रमा रहेका समस्या टिपोट गरेर समाधानगर्ने प्रतिवद्धता जनाएका छौं । यतिबेलाजनताउत्साहित देखिन्छन् । किनकि, राप्रपाले राष्ट्रियताका लागि, नेपालको समृद्धिका लागिकामगरिरहेको छ ।राप्रपाले राष्ट्रियताका लागिलिएको अडानप्रति मतदाताआकर्षित छन् ।
महेन्द्रनगर बजारलाई सुन्दर, हरियाली र सफा राख्न मैले जुनपार्कको परिकल्पना गरेर निर्माण गरेको थिएआजत्यसको यो हविगत देख्दा मेरो मन रोएर आउँछ ।

“म यहिक्षेत्रको बासिन्दाभएका कारण यहाँकामतदातासंग हरेक सुख–दुःखमा संगसंगै छु। मैले यो क्षेत्रमाकाम गरेको छु र त्यहीकामकाआधारमाभोट माग्दै छु।” त्यसैले जित्नेमा ढुक्क छु, उनले भने “म यहि क्षेत्रमाजन्मे, यहि हुर्के, र मलाई यो ठाउको धेरै माया लाग्छ। मान्छे जता घर छ, जताबसोबास गर्छ त्यतैको मायालाग्ने न हो।”
तपाईले बुझेका र जनताले अपेक्षा गरेका विषयमा के भिन्नता?
– हामीपहिलेदेखि नै जनताको बीचमाकुनै न कुनै रुपमा सम्पर्कमाथियौं । भुगोलको हिसाबले, पार्टी निर्माण, जनताकाजनजीविकासँगजोडिएका विषयवस्तुलाई अध्ययनविश्लेषण गर्ने सवालहोस् वाविभिन्न सामाजिककार्यका सहभागीहुने सन्दर्भमा । हामीजनतालाई दुःखपर्दा साथदिने, जनताका समस्या समाधानगर्ने तथा बाढीपीडितका समस्या समाधानगर्न हामीतत्पर रह्यौं । अहिलेसम्मपनिगरिरहेका छौं ।
गाउँमा धेरै समस्या छन् । विद्युत्कातार छैन, उज्यालो छैन । बिलमात्रतिर्नुपर्नेबाध्यता छ । पंखा छ हावाछैन । स्कूल छन् तर स्कूलमा बस्नका लागि राम्रो भौतिकपूर्वाधार छैनन् । विद्यालयमा दरबन्दीअनुसारका शिक्षक छैनन् । जनतासँगजमिन छ तर, लालपूर्जा छैन । जनतासँगगर्न सक्ने क्षमता, सीप भएपनिकाम छैन । गाउँघरमानहर छन् तर पानीछैन । शुद्ध खानेपानी, ढल निकासको व्यवस्था छैन । कृषिकार्य गर्दा आवश्यक पर्ने मल, बीउप्राप्तहुँदैन । त्यस्तै, जनताका सरोकारसँग जोडिएका सडक ग्राभेल, कल्र्भट, पुल, जग्गाधनीको लालपूर्जा लगायतका सरोकारका विषय छन् ।
एमालेको नेतृत्वमा बनेको २०५१ सालको सरकारले सामाजिक सुरक्षाभत्ताअन्तर्गत ज्येष्ठ नागरिकलाई भत्तादिने कार्यक्रमलिएको थियो । त्यो कार्यक्रमअनुसार सुविधापाउनुपर्ने नागरिकले कर्मचारीको एउटा सानो कमजोरीले भत्ता पाउनबाट वञ्चितहुनुपरेको छ । उमेरले ७६ वर्ष पुगेका पनिनागरिकतामा सामान्यगल्तीले सामाजिक सुरक्षा भत्ताबाट वञ्चित रहेका छन् । सरकारी कार्यालयबाट जनतालाई प्रदानगरिने सेवासुविधाजुन रुपमाजनताबीचमाजानुपर्ने हो त्यो भएको छैन । विद्युत् कार्यालयले एउटा पोलथपिदिने हो भने पनि ठूलो विकास हुन्छ ।

‘पार्टीको आकार सानो छ, जनताले पनितपाइँलाई त हामीले छोड्ने थिएनौँ, तर पार्टी सानो भयो भनेर गुनासो गर्थे,’ ‘अब जग नै सानो बनाएर ठूलो घर बनाउनकहाँ सकिन्छ र? त्यसैले यस पटक एमालेसित सहकार्य गरी चुनावी मैदानमाआएको छु।’

२०५१ को मध्यावधिनिर्वाचन र २०७० मा संविधानसभा सदस्यको निर्वाचन लडेका थिए, जोशी। त्यसअघि स्थानीयनिकायको निर्वाचनमाभागलिए।

उनकाअनुसार ती सबै निर्वाचनमाउनीसँगजनताले पार्टी सानो भएकाले सहयोग गर्न नसकिएको दुखेसो पोखेका थिए। यसपटक एमालेसँग चुनावीतालमेल गरेपछि उनीप्रदेशसभा सदस्यमानिर्वाचितहुने दाबी गर्छन्।
मतदाताका समस्या समाधानगर्न तपाईसँग एजेण्डा के छन् ?
– नगरमा धेरै विकासकाअवसर छन् । तीअवसरलाई उचितव्यवस्थापनगर्न सकियो भने विकासलाई अगाडि बढाउन सकिन्छ । हामीले राष्ट्रिय स्वाभिमान, कल्याणकारी राज्य, सामाजिक सुरक्षा र समृद्धिसँगै गाउँसहरको विकास, जनताको सरोकार, सडक, खानेपानी, शिक्षा, सञ्चार, स्वास्थ्य, सुरक्षा, कृषि, वनतथापर्यटनसहितको आधुनिकनगरभनेका छौ ।
भीमदत्त सम्भावनाबोकेको क्षेत्र हो । भीमदत्तनगरपालिकाभारतसँग सीमाजोडिएको छ । सीमाव्यवस्थापन सुरक्षित ढंगबाट गर्न सकियो भने सुदूरपश्चिमको मुख्यनाकाको रुपमाजोड्न सक्छौ । जलस्रोतको हिसाबले पनि सुदूरपशिचमको पञ्चेश्वरमा परियोजनाबनाइरहेका छौं । पञ्चेश्वर परियोजनाबाट मात्रै हामी राष्ट्रलाई ठूलो योगदानदिन सक्छौ । राष्ट्रको ढुकुटीमा योगदानदिएवाफतकञ्चनपुरको साथै नगरको विकासकालागि रकमआउन सक्ने सम्भावना छ । पर्यटनको हिसावले पनि हेरिएको शुक्लाफाँटा निकुञ्जमादुलर्भ बाह्रसिंगे छन् । त्यसकोे प्रचारप्रसार गर्ने सम्भावनाहामीसँग छ । धार्मिक पर्यटनको सम्भावनाबोकेका धेरै धार्मिकस्थलपनि रहेका छन् । जसमध्ये पूर्णा्गिरी दर्शन गर्ने धार्मिक पर्यटकलाई यहाँल्याउन सकियो भने मात्रत्यसले हाम्रो आर्थिक गतिविधि अगाडि बढाउन सकिन्छ । उर्वर जमिन छ । उर्वर जमिनमात्यो भू–उपयोग नीतिले वैज्ञानिक ढंगले कृषिलाई आधुनिकीकरण गरेर उत्पादन वृद्धि गर्ने हो भने यस क्षेत्रलाई अन्नको भण्डार बनाउन सकिन्छ ।

नगरलाई शैक्षिकहवको रुपमाविकास गर्न चाहन्छौं । महेन्द्रनगरमा सुदूरपश्चिमाञ्चलविश्वविद्यालयबनिसकेको छ । अब प्राविधिकविद्यालयपनि सञ्चालनगर्ने हो भने भीमदत्त शैक्षिकबन्न सक्छ । शैक्षिक क्षेत्रलाई अगाडि बढाएमा भीमदत्तनगरपालिका आकषर्णको केन्द्र बनाउन सकिन्छ । नगरासँगभएको वनको सही सदुपयोग गर्न जडिबुटीको उपयोग गर्न सक्यौं भने विकासकालागि ठूलो रकमप्रप्तगर्न सकिन्छ । दक्ष, सीपभएकाक्षमतावानव्यक्तिनगरपालिकामा छन् ।
हाम्रो प्रतिवद्धता मैले गर्ने होइन, हामीले गर्ने हो भन्ने सोचका साथनगरपालिका सबैको हो । नगरपालिका समृद्ध बनाएमात्रनगरवासीखुसी हुन्छन् । युवा बेरोजगार छन् । युवालाई रोजगारी दिन सक्ने धेरै सम्भावना रहेका छन् । निर्वा्चितभइसकेपछि म होइन, हामी गर्छौं भन्ने हाम्रो प्रतिवद्धता छ । क्षमता र योग्यताअनुसारको सीप र ज्ञान अनुसारको कामदिएर परिचालन गर्छौ । नगरकालाई समृद्ध बनाउनकालागिहामी सुशासन बनाउँछांै र जनताको सेवाजनतासम्म र्पुयाउनकालागि प्रतिवद्ध हुन्छौ । भ्रष्टाचारमुक्तनगरा बनाउँछौं । जिम्मेवारी आइसकेपछि स्रोत र साधनलाई परिचालनगर्ने, जनमुखी सेवाप्रदानगर्ने काममाहामी अगाडि
नगरकावासिन्दा परिर्वतनखोजिरहेका छन् । नयाँजोश र जाँगरका साथनगर विकासको अभियानचलाएका छौं । दलितजनजाति सबैको सहभागिताहामी सबै हाम्रो नगरपालिका बनाउँछौं भन्ने अभियानमालागि रहेका छौं । नगरवासीको सहयोग तथा साथबाट प्रतिस्पर्धाभन्दाहामी जित्छौं ।

तीआधार के–के हुन् ?
– निर्वाचनमाविजयीभइसकेपछि हामी प्रतिवद्धता अनुसार नै कामगर्नेछौं । हामी सबैका ज्ञान, क्षमता, योग्यता र सीपको आधारमाहाम्रो नगरपालिकाहामीले बनाउनुपर्छ भने अभियानका साथ जान्छौ । १ वर्षे, ५ वर्षे र २५ वर्षे कार्ययोजनाछन् । स्पष्ट दृष्टिकोण छन् ।ती दृष्टिकोण मात्रहोइनन् । ती मुद्दा, योजनामात्रहोइनन्हामी पूरा गरेर देखाउँछौं ।
महेन्द्रनगर बजार स्थित महेन्द्र स्मारक निर्माण,गड्डाचौकी – जिमुवा – तिलाचौर–हल्दुखाल– नवलाखेत हुँदै महेन्द्र राजमार्ग निस्किने अर्ध चन्द्राकार रूप को रिङ्ग रोड सडक निर्माण, विभिन्न वार्डहरुमाजोड्ने सडक निर्माण, महाकालीअञ्चल अस्पताल को विकास र सुधार, विभिन्न वार्ड हरु मा स्कूल को निर्माण,वार्ड १ को राजिपुर मा जेसिस स्कूलको स्थापना, वार्ड २ मालक्ष्मीमाध्यमिकबिधालय को स्थापनाआदि।
निर्वाचनजितिसकेपछि प्रतिवद्धताबाट भाग्दैनौं । हामी यो प्रतिवद्धता गर्दछौं, निर्वाचनमाविजयीभइसकेपछि निजी स्वार्थ र पदमालिप्त रहने छैनौं, जनताको हक, अधिकार र जनताको सेवामा सेवकभएर कामगर्नेछौं । दलीयव्यवस्थामा, शान्ति र मानवअधिकारमाविश्वास गर्छौं । सुदूरपश्चिमविश्वविद्यालय कसैको रहरले दिएको होइन, यहाँकाजनताको दवावले आएको हो ।
विगतको ७वर्षको अवधिमा पार्टीमाकार्यकारी पदीयजिम्मेवारीको अनुभवले यहाँको शिक्षा, समाज, आर्थिक क्षेत्रको विकासकालागि म लाग्ने छु ।

प्रदेशमानिर्वा्चितभएमापहिलो काम के गर्नुहुन्छ ?
–नगरमा म एक्लै जित्दैन । ३जनाको टीमले जित्छ । मेरो उम्मेदवारी व्यक्तिगतहोइन । नगरको परिवर्तन चाहने सबैको जितहुनेछ । सबै साथलिएर कामगर्नेछौं । म पहिलो काम म होइनहाम्रो नगर बनाउने छौं भन्ने प्रतिवद्धता गर्न चाहन्छु । र, सबैलाई त्यो प्रतिवद्धता गर्न आह्वानगर्नेछांै । पहिलो कामहामीप्रतिस्पर्धामागएपनिनिर्वाचनपछि साथी पराजयभएपनिउनीहरूको सुझाव ज्ञान, सीप र अनुभवलाई नगरको विकास गर्नका लागि प्रतिवद्ध गर्नेछु । अन्यविभिन्नक्षेत्रमाक्रियाशील रहेका नगरवासीको सीप र ज्ञानलाई परिचालनगर्नेछौं । हाम्रो नगरपालिकाहामीबनाउने छौं । विभिन्नक्षेत्रमाहामी नेतृत्वगर्नछौ भन्ने प्रतिवद्धता जनाउने कामहुनेछ ।
कक्षा १२ सम्मशिक्षा पुर्ण निःशुल्क, प्राविधिकशिक्षाविस्तार, सुदूरपश्चिमविश्वविद्यालयलाई प्राविधिकशिक्षामुलुकबनाउने जोशीको एजेण्डा रहेका छन । स्वास्थ्यबिमाप्रभावकारी, ७० बर्ष भन्दा बढि उमेर पुगेका जेष्ठ नागरिकको घर घरमै गएर ३÷३ महिनामा स्वास्थ्य चेकअपगर्ने, ढल व्यवस्थापनगर्ने, कृषिको विकास, निकुञ्ज क्षेत्रबाट बन्यजन्तुबाट हुने मानवियतथाअन्नबालीक्षति रोक्ने, महाकालीसिँचाई तेस्रो चरणको नहर अन्र्तरगतउत्तरी क्षेत्रमा रहेका जनतालाई सिँचाई सुविधा पु¥याउने, महेन्द्रनगरलाई स्र्माट सिटी बनाउँने छाडा पशु चौपाया नियन्त्रण गर्ने एजेण्डा अघि सारेका छन ।
‘बनखेत क्षेत्रऔद्योगिक क्षेत्र हो, ‘उनले भने, ‘अब भीमदत्तनगरपालिकालाई गुरु योजनाअन्र्तरगत अघि बढाउँँदै आधुनिकनगरपालिकामा परिणत गछुँ ।’

प्रतिक्रिया दिनुस