कञ्चनपुर । आशन्न ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि बाम लोकतान्त्रिक गठबन्धन कञ्चनपुर निर्वाचन क्षेत्र ३ ले चुनाव प्रचार प्रसार तिव्र पारेको छ । गठबन्धनले क्षेत्र ३ का विभिन्न वडा बस्ती गाँउघरहरुमा घरदैलो तथा भेटघाट तिव्र पारेका छ ।

बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार पुर्वमन्त्री रमेश लेखक, ३(क) प्रदेश सभा सदस्यका उम्मेदवार संविधान सभा सदस्य टेकेन्द्र प्रशाद भट्ट, ३(क) प्रदेश सभा सदस्य एव पुर्व दोधारा गाविस अध्यक्ष बेल बहादुर राना सहितका उम्मेदवार निरन्तर घरदैलो चुनावी अभियानमा खटिएका छन ।

नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता एव बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र ३का नेता भरत भट्टले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार युद्धस्तरमा चुनावमा होमिएको बताए । ‘हाम्रा प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार सहितका नेता कार्यकर्ता चुनावी एजेण्डा लिएर जनताको घरदैलोमा पुगिरहेका छन, ‘उनले भने, ‘हामीलाई जनताको अपार साथ सर्मथन छ ।’

नेपाली काँग्रेस क्षेत्रीय सभापति एव बाम लोकतान्त्रिक गठबन्धन कञ्चनपुरका नेता केशव चन्दले अहिले जहाँ जुन क्षेत्र, पालिका, टोल, गाँउ बस्तीमा चुनाव प्रचारप्रसारमा जाँदा बाम लोकतान्त्रिक पक्षमा जनता उर्लिएर आउने गरेको बताए ।

‘अहिले कञ्चनपुर क्षेत्र ३ मात्रै होईन देशैभरी बाम लोकतान्त्रिक गठबन्धनको पक्षमा जनलहर चलिरहेको छ, ‘उनले भने, ‘यस अघि ओली नेतृत्वको सरकारलाई जनताले दिएको दुई तिहाई जनमत उलङघन भएको भन्दै जनता लोकतान्त्रिक बाम गठबन्धनकै पक्षमा छन ।’

बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र ३ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार रमेश लेखक प्रदेश सभा सदस्यका उम्मेदवारद्वय टेकेन्द्र प्रशाद भट्टले एमाले अध्यक्ष जस्तो संविधानको हत्या मास्ने काम नगर्ने, झुट नबोल्ने नगरेको काम पनि आफुले गरेको भन्दै प्रंचारबाजी नगर्ने सदैव जनताकै पक्षमा काम गर्ने प्रण गरेका छन ।

बेदकोट ८का स्थानीय पदम सिहले यस अघि क्षेत्रबाट एमालेका उम्मेदवार जितार गाँउमा एकम दिन समेत नपसेको भन्दै अहिले लोकतान्त्रिक बाम गठबन्धनका सक्षम उम्मेदवारलाई साथ दिने बताए ।

भीमदत्त नगरपालिका १८का महेश सुनारले यस अघि एमालेले जितेर सुकुमबासी समस्या समाधान गर्छु भन्यो, तर नगरेकोले यस पटक लोकतान्त्रिक बाम गठबन्धनलाई सघाउने घोषणा गरेका छन ।

दोधाराचाँदनी २मा गगन लुहारले पनि सुकुमबासीको समस्या समाधान गर्छ भन्ने एमालेका उम्मेदवार जितेर गाँउ नफर्किएको आरोप लगाए । बाम लोकतान्त्रिक गठबन्धनका पक्षमा दैनिक जनलहर बढिरहेको दावि गरिएको छ ।

प्रतिक्रिया दिनुस