कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र १(ख) प्रदेश सभा सदस्यका लागि ८ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन । ६ राजनीतिक दलका उम्मेदवार सहित २ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन । संविधान सभा सदस्य, एमाले जिल्ला सचिवदेखि बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष चुनावी मैदानमा उत्रिएका छन ।

बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका नेता एव संविधान सभा सदस्य दिवान सिह विष्ट , एमाले कञ्चनपुरका जिल्ला सचिव पल्लवराज भट्ट, राष्ट्रिय प्रजातन्त्र पाटीका तर्फबाट धिरजप्रताव सिह, लोकतान्त्रिक समाजवादीका तर्फबाट बुझाउना चौधरी, नेपाल मजदुर किसान पाटीका तर्फबाट हर्क बहादुर क्षेत्री, नागरिक उन्मुक्तिबाट काली चौधरी, बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका स्वतन्त्रबाट टेक बहादुर साउद र अर्का स्वतन्त्र नेत्रलाल चौधरी चुनावी मैदानमा उत्रिएका छन ।

१ पदका लागि उक्त निर्वाचन क्षेत्रबाट ८जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन । उनीहरु आ–आफ्नो चुनावी एजेण्डा लिएर जनताको घरदैलोमा गईरहेका छन । स्वतन्त्रबाट उम्मेदवारी दिएका टेक बहादुर साउद एमालेबाट सिफारिस भएका थिए, टिकट नपाएपछि आफ्नै आधिकारिक उम्मेदवार पल्लवराज भट्ट बिरुद्धमा बागी उम्मेदवारी दिएका छन ।

उनलाई एमालेले कार्बाही गरिसकेको छ । यस्तै नागरिक उन्मुक्ति पार्टीका नेता नेत्रलाल चौधरी पनि स्वतन्त्र उम्मेदवारी दिएका छन । नेत्रलालले पनि आफ्नै उम्मेदवार काली चौधरी बिरुद्धमा उम्मेदवारी दिएका छन । नागरिक उन्मुक्ति पार्टीले समेत स्वतन्त्र उम्मेदवार भएका नेत्रलाल चौधरीलाई कार्बाही गरिसकेका छन ।

प्रदेश सभा सदस्यका लागि ८मध्ये दिवान सिह विष्ट, पल्लवराज भट्ट, बुझाउना चौधरी यस अघि पनि चुनाव लडेका नेता हुन । विष्ट ०७०सालमा संविधान सभा सदस्य निर्वाचित भएका थिए । ०७०मा बिना मगरलाई हराएको र ०७४मा बिना मगरसंग पराजित भएका विष्ट तेसो पटक चुनावी मैदानमा छन ।

एमालेका भट्ट यस अघि ०७४ मा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा मेयरमा चुनाव लडेका थिए । लोसपाका बुझाउना चौधरी पनि गत बैशाखमा बेलौरी नगर प्रमुखको चुनाव लडेका थिए । ०७० र ०७४ मा सम्पन्न भएको निर्वाचनमा विष्टका मुख्य प्रतिस्पर्धी माओवादी नेतृ बिना मगर अहिले विष्टका मुख्य सहयोगी भएका छन ।

विष्टका उतिबेलाका प्रतिस्पर्धी अहिलेका सारथी भएका छन । बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट मगर क्षेत्र १ प्रतिनिधी सभा सदस्य र विष्ट १(ख) प्रदेश सभा सदस्यका उम्मेदवार भएका छन । विष्ट, भट्ट र चौधरी बाहेक अन्य उम्मेदवार चुनावी अनुभवका हिसाबले नयाँ अनुहार भएको स्थानीयको भनाई छ ।

क्षेत्र १(ख)को चुनावी समिकरण, वर्तमान परिवेस अनुरुप बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट संविधान सभा सदस्य दिवान सिह विष्ट र एमालेका उम्मेदवार पल्लवराज भट्टविच प्रतिस्पर्धा हुनेछ । गठबन्धनका तर्फबाट दिवान सिह विष्ट र एमालेबाट तर्फबाट पल्लवराज भट्टविचमै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

अघिल्लो ०७४ मा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा क्षेत्र १ मा (माओवादी–एमाले) बाम गठबन्धन र काँगेस एक्लै चुनावमा होमिदा विष्टले १९ हजार २१९ मत ल्याएका थिए । पाँच बर्ष अघि विष्टले चार पालिकाबाट उक्त मत ल्याएका थिए ।

०७४मा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा एमालेबाट बेलौरी नगर प्रमुखमा भट्टले ६ हजार ४०७मत ल्याएका थिए । गत बैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा लोसपाबाट बुझाउना चौधरीले ५८ मत ल्याएका थिए । ३० बैशाख ०७९ मा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा क्षेत्र १(क) बेलौरी बेलडाँडी दुई पालिका मध्ये काँग्रेस र माओवादी केन्द्रले जितेका छन ।

कुल १५ वडा मध्ये काँग्रेस एक पालिका सहित ६ वडा, माओवादी केन्द्रले १ पालिका सहित ४ वडा, एमालेले एक उपप्रमुख सहित ५ वडा जितेको छ । स्थानीय तह निर्वाचनमा काँग्रेस, एमाले र माओवादीले पालिका प्रमुखले पाएको मतको मत आधारमा काँगेसले १० हजार ४१५, एमालेले ८ हजार ३४८, माओवादी केन्द्रले १० हजार ५५० मत पाएका छन ।

वडामा पाएको मतको आधारमा समाजवादीले एक हजार ६४, राप्रपाले ९सय ७, अन्यले १ हजार ७४२मत पाएका थिए । उक्त निर्वाचन क्षेत्रमा ०७४मा माओवादी–एमाले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कुलबिर चौधरीले १६ हजार १५८, काँग्रेस एक्लैका उम्मेदवार रामलाल चौधरीले १० हजार २२३मत पाएका थिए ।

अन्य पाटीका उम्मेदवारले १६५ देखि १ हजार ६४० मतसम्म पाएका थिए । उतिबेला उक्त निर्वाचन क्षेत्रमा ४४ हजार ८८८ मतदाता थिए, अहिले ४९ हजार ४५८मतदाता रहेको छन । उक्त निर्वाचन क्षेत्रबाट मुख्यप्रतिस्पर्धी दिवान सिह विष्ट र पल्लवराज भट्टका चुनावी एजेण्डा यस्ता छन ।

सो निर्वाचन क्षेत्रमा ०७४मा काँग्रेसले १० हजार २२३मत पाएका थिए, ०७९मा आईपुग्दा पनि काँग्रेसले १० हजार ४१५ मत पाएको छ । पाँच बर्षमा १९५मात्रै मत बृद्धि भएको काँग्रेसको मत भनेर स्थिर रहेको पाईन्छ । अहिले राजनीतिक समिकरण, गत स्थानीय तहमा पाएको मतको आधारमा काँग्रेसका उम्मेदवार गठबन्धन भएको अवस्थामा बलिया देखिएका छन ।

सीमा समस्या समाधान गर्छु ः एमाले उम्मेदवार भट्ट नेकपा एमालेका उम्मेदवार पल्लवराज भट्टले मुख्य गरेर सीमा समस्या समाधान गर्दै सीमा क्षेत्रमा पूर्वाधार विकास गराउने एजेण्डा अघि सारेका छन । उनले बेलौरी बेलडाँडीमा देखिएको विद्यमान सीमा समस्या समाधान गर्दै मातृभूमि रक्षाको एजेण्डा अघि सारेका हुन ।

भट्टले बेलौरीमा ५० सैयाको अस्पताल निर्माण गर्ने, खेलकुद मैदान विस्तार, बेलौरी छोटी भन्सारको स्तरोन्नती, आरक्षपीडितको समस्या समाधान, कृषि आधुनिकरण गर्ने, किसानलाई औद्योगिकरण तर्फ उन्मुख गराउने, रोजगारीका कार्यक्रम गर्ने, गरिब उन्मुलन गर्ने, युवालाई उद्यमशिल बनाउने, प्राविधिक शिक्षालय स्थापना गर्ने, जमिन कटानी नियन्त्रण, सिँचाई सुविधा पु¥याउने, युवा लक्षित कार्यक्रम अघि बढाउने, रोजगारी, सडक सञ्जालको विस्तार गर्ने एजेण्डा अघि सारेका छन ।

‘नदी कटानीले क्षेत्रमा उर्बराजमिन कटानी गरिरहेकाले चौधर, झर्नाखोला सहितका ठुला साना नदीखोला नाला नियन्त्रण गर्दै कृषियोग्य जमिन सरक्षित गर्छु, ‘भट्टले भने, ‘यो क्षेत्रमा किसानका अथाह समस्या छन, समाधान गर्छु ।’

अधुरा योजना पुरा गर्छु ः बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार दिवान सिह विष्ट बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार दिवान सिह विष्टले संसद भएका बेला क्षेत्रमा हालेका योजना पुरा गर्ने पहिलो एजेण्डा अघि सारेका छन ।

कृषकका लागि बेलौरी, बेलडाँडीमा कोल्ड स्टोर स्थापना गर्ने, बेलौरी–बेलडाँडीको सीमा समस्यमा समाधान गर्ने, हुलाकी सडक विस्तार गर्ने, बेलडाँडी बेलौरी जोड्ने छुट्टाछुट्टै सडक सञ्जाल विस्तार गर्ने, बेलौरीमा स्मार्ट सिटी निर्माण गर्ने, ढल निर्माण गर्ने, बेलौरीको छोटी भन्सार पुर्नस्थापना गर्दै स्तर बृद्धि गर्ने, क्षेत्रका ऐतिहासिक प्राकृतिक ताल, तलैया, मठमन्दिर धार्मिक क्षेत्रको प्रर्बद्धन गर्दै पर्यटकीय क्षेत्रको विकास गर्ने ।

क्षेत्रको शैक्षिक स्तर बृद्धिका लागि यस क्षेत्रमा रहेका सामुदायिक विद्यालय एव क्याम्पसको स्तर बृद्धि गर्ने, प्राविधिक शिक्षालय विस्तार गर्ने एजेण्डा अघि सारेका छन । निकुञ्ज र बन क्षेत्रमा बन्यजन्तुबाट हुने क्षति न्यूनिकरणका लागि मेसवायर निर्माण गर्दै मानव र बन्यजन्तुको द्वन्द्व नियन्त्रण गर्ने, युवा शक्ति विदेश पलायनबाट रोक्न उद्योग स्थापना गराउने पहल गर्ने एजेण्डा अघि सारेका छन ।

आरक्षपीडित, भूमिहिन, सुकुमबासी, मुक्त कमैया, हलिया एव विपन्न नागरिकलाई जमिनको स्वामित्व दिलाउनका लागि अवरतरुपमा काम गर्ने एजेण्डा अघि सारेका छन ।

प्रतिक्रिया दिनुस