किशोर तामाङ

कञ्चनपुर । कञ्चनपुर जिल्ला पुनर्वास नगरपालिका वडा नं ३ स्थित आई बी आर डीमा रहेको श्रीराधाकृष्ण मन्दिर परिषरमा सञ्चालन भइरहेको रामलिला कार्यक्रम आज बिधिवत रुपमा सम्पन्न भएको छ।

राधाकृष्ण मन्दिर सञ्चालक समितिले भौतिक संरचना निर्माण सहयोगार्थ हेतु यही कात्तिक १३ गते देखी २५ गते सम्म आयोजित संगितमय रामलिला महोत्सव २०७९को समापन कार्यक्रमका बिच बिभिन्न क्षेत्रमा योगदान गर्नुभएका ब्यक्तीहरूलाई सम्मान गरिएको छ ।

पुनर्वास नगरपालिकाका मगर प्रमुख तोय प्रसाद शर्मा ज्यूको प्रमुख आतिथ्यमा आयोजित समापन कार्यक्रममा रावणकाे अभिनय गरेका स्वास्थ्यकर्मी राजेन्द्र भट्ट रामलिला रत्न बाट सम्मानित भएका छन ।

पुनर्वास नगरपालिका वडा नं २ स्थित शहरी स्वस्थ क्लिनिकका ईन्चार्ज भट्ट २०७२ साल देखि पुनर्वास ८ क गाउँ बाट आफ्नो रामलीला कलाकारको रूपमा नाट्य मन्चनको शुरूवात गरेको थियो। हाल आएर भट्ट रामलिलाको निर्देशन उस्तादको रूपमा परिचित बनेको छ।

पुनर्वास नगरपालिका वडा नं ३आई बि आर डीमा आयोजना गरिएको रामलिला कार्यक्रममा बेलौरी ६ हात्तिबोझा निवासी राजेन्द्र भट्ट रामलिला रत्नबाट सम्मानित हुनुभएको हो । रामलीला सञ्चालन समितिले भट्ट लाई रावणकाे अभिनय गरे वापत सम्मान गरेकाे हाे । भट्ट रामलिलाको निर्देशन उस्ताद समेत हुन।

रामलिलाबाट धार्मिक पर्यटन प्रवधन, सास्कृतिक,राजनितिक सदभव, जस्ता कुराहरु प्रदान हुने रामलीला समितीका संरक्षक आनन्त विभुषित श्री १००८ गोविन्द आचार्य स्वामीले बताउनु भएको थियो ।

राधाकृष्ण मन्दिर सञ्चालक समितिका अध्यक्ष एवम् रामलिला सञ्चालक मुल समितिका अध्यक्ष बिष्णु प्रसाद अधिकारी ज्यूको सभापतित्वमा सञ्चालित उक्त समारोहको प्रमुख आतिथ्यमा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा ज्यू रहनु भएको थियो ।यम प्रसाद पौडेलको स्वागत मन्तव्य बाट शुरू भएको उक्त कार्यक्रम लाई अनन्द सुवेदीले सञ्चालन गरेका थिए।

प्रतिक्रिया दिनुस