कञ्चनपुर । कञ्चनपुरका पुर्व विद्यार्थी नेता आनन्द पन्तले निर्वाचन क्षेत्र १मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको पक्षमा चुनावी माहोल बन्दै गएको बताएका छन ।
एमाले निकट अनेरास्ववियू कञ्चनपुरको नेतृत्व गरिसकेका बेलौरीका स्थानीय समेत रहेका पन्तले समाजिक सञ्जाल मार्फत स्टाटस राख्दै क्षेत्र १मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बिना मगर झण्डै दोब्बर र १(ख)मा काँग्रेस नेता एव गठबन्धनका उम्मेदवार दिवान सिह विष्ट २५सयदेखि ३ हजार बढी मतका साथ विजयी हुने प्रक्षेपण सहित घोषणा गरेका छन । पुर्व एमाले निकट विद्यार्थी नेता पन्त हाल नेकपा एकीकृत समाजवादीमा छन । पन्तले बाम लोकतान्त्रिक गठबन्धनको म तबदर हुन नदिन मतदाता शिक्षामा जोडदिनुपर्ने सुझाव दिएका छन ।
प्रतिक्रिया दिनुस