कञ्चनपुर । आगामी ४ मंसिरमा हुने प्रतिनिधी तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि कञ्चनपुर निर्वाचन क्षेत्र १(क) मा प्रदेश सभा सदस्यका लागि विभिन्न राजनीतिक दल सहित स्वतन्त्र÷बागीका ८ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन ।

राजनीतिक दल, तिनका उम्मेदवार एव स्वतन्त्र÷बागी उम्मेदवारले आ–आफ्नो चुनावी एजेण्डा लिएर मतदातामा गईरहेका छन । बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट काँग्रेस नेता बन्धु राना, एमालेबाट बीर बहादुर थापा(पातल), राप्रपाबाट खेमराज लामिछाने, नागरिक उन्मुक्तिबाट पल्टु राना, नेमकीपाबाट भागरथीदेवी रावल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मजुरलाल राना र स्वतन्त्र एमाले बागी उम्मेदवार भक्त बहादुर अधिकारी चुनावी मैदानमा होमिएका हुन ।

सात राजनीतिक दल र एक बागी उम्मेदवारले दलका चुनावी एजेण्डा लिएर मतदाताका घरदैलोमा पुगिरहेका छन । उक्त निर्वाचन क्षेत्रमा प्रदेश सभा सदस्यका उम्मेदवार बनेका केही उम्मेदवार यस अघि संघमा चुनाव लडेर अहिले प्रदेशमा झरेका छन । ०७४ क्षेत्र १मा प्रतिनिधी सभामा राजपाबाट प्रतिनिधी सभा सदस्य चुनाव लडेका पल्टु राना अहिले नागरिक उन्मुक्तिबाट प्रदेश सभा सदस्यको यात्रामा छन । उनले उतिबेला ६९०मत ल्याएका थिए ।

रानामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरविकास जमिन हिनामिनामा विशेष अदातमा मुद्दा दायर गरेको छ । एमालेबाट उक्त प्रदेश सभाका लागि सिफारिस भएका भक्त बहादुर अधिकारीले टिकट नपाएपछि उनी पाटीका आधिकारिक उम्मेदवार बीर बहादुर थापा(पातल) बिरुद्धमा उम्मेदवारी दिएर चुनावमा होमिएका छन । एमालेबाट बीर बहादुर थापा र बाम लोकतान्त्रिक गठबन्धनबाट प्रदेश सभा सदस्यका उम्मेदवार बन्धु राना पहिलो पटक प्रदेश सभा सदस्यका लागि प्रतिस्पर्धा गर्दैछन ।

अघिल्लो प्रदेश सभा सदस्य निर्वाचनका उक्त निर्वाचन क्षेत्रबाट (माओवादी–एमालेका तर्फबाट बाम गठबन्धनका उम्मेदवार तारालामा तामाङ्ग निर्वाचित भएका थिए । बाम गठबन्धनका उम्मेदवार बनेका तामाङ्ग आफ्ना निकटतम प्रतिद्वन्दी गोपाल गुरुङ्गसंग दोब्बर मतले निर्वाचित भएका थिए । सिङ्गै दुई  पालिका ः पुनर्वास नगरपालिका र लालझाडी गाँउपालिका रहेको उक्त निर्वाचन क्षेत्रमा १७ वडा रहेका छन । दुई पालिका रहेको उक्त निर्वाचन क्षेत्रमा १ काँग्रेस र १ एमालेले जितेको छ ।

गत बैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचन अनुरुप १ पालिका सहित काँग्रेसले ५ वडा, एमालेले १ पालिका सहित ५ वडा, माओवादी केन्द्रले ४ वडा, १ समाजवादी, १ राप्रपा र १ स्वतन्त्रले जितेको छ । स्वतन्त्र उम्मेदवार पनि काँग्रेसकै नेता हुन ।

स्थानीयत तह निर्वाचन अनुरुप पालिका प्रमुख, उपप्रमुखका आधारमा काँग्रेसले १२ हजार ४६८, एमालेले ९ हजार १९०, माओवादी केन्द्रले ८ हजार, ३१०, नेकपा एकीकृत समाजवादीले ३ हजार ८८७, राप्रपाले ८५२, जनमोर्चाले ७०, लोसपाले ४३, जसपाले ९७ र अन्यले २४ ०मत ल्याएका थिए ।

स्थानीय तह निर्वाचन परिमाण अनुरुप उक्त निर्वाचन क्षेत्रमा काँग्रेस, एमाले र माओवादीकै पकट क्षेत्र रहेको पाईन्छ ।  अहिलेको राजनीतिक समिकरण अनुरुप काँग्रेस, माओवादी, समाजवादी र जनमोेर्चा एक ठाँउमा आएकाले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार रानाको पल्लाभारी देखिएको छ ।

चारै दलले पाएको मत भार अनुरुप गठबन्धनतिर २४ हजार, ७३५ र एमालेतिर ९ हजार १९० मत रहेको छ । रानालाई पुर्वमन्त्री एव बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १का प्रतिनिधी सभा सदस्यका उम्मेदबार बिना मगर र थापालाई पुर्व प्रदेशका राज्यमन्त्री एव एमालेबाट क्षेत्र १ का प्रतिनिधी सभा सदस्यका उम्मेदबार तारालामा तामाङ्गकोसाथ सर्मथन रहेको छ ।

उक्त निर्वाचन क्षेत्रमा अहिले लामो समयदेखि राजनीतिकमा होमिएका बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बन्धु राना र एमालेका उम्मेदवार बिर बहादुर थापा(पातल)विच नै प्रतिस्पर्धा हुने देखिएको छ । दुवैका आ–आफ्ना चुनावी एजेण्डा यस्ता छन ।

लालझाडी–पुनर्वासलाई सडक सञ्जालसंग जोड्छु : एमाले उम्मेदवार थापा 

No description available.

एमालेबाट प्रदेश सभा सदस्यका उम्मेदवार बीर बहादुर थापा (पातल)ले लालझाडी–पुनर्वासलाई सडक सञ्जालसंग जोड्दै स्तरिय सडक विस्तार गर्ने दर्जनौँ चुनावी एजेण्डा अघि सारेका छन । थापाले क्षेत्रमा रहेका विद्यमान समस्या समाधान गर्दै विकासबाट विछडीएको क्षेत्रलाई सम्बृद्धि क्षेत्र बनाउने चुनावी एजेण्डा अघि सारेका छन ।

जंगली जनावर नियन्त्रण गर्ने, भूमिहिन, आरक्षपीडित, मुक्त कमैया, हलिया, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने, युवा बेरोजगारी अन्त्य गर्ने, व्यवस्थित शहरीकरण गर्ने, कृषिको विकास, सिँचाई प्रंणालीको सुधार गर्दै कृषिमा आधुनिकरण, प्राकृतिक स्रोत साधनमा स्थानीयको पहुँच बृद्धि गराउने, सीमा सुरक्षा गर्ने, दोदा नदीको कटानी नियन्त्रण गर्ने, विद्युतको सप स्टेशन स्थापना, शिक्षा, स्वास्थ्य खानेपानी विद्युत संचार लगायत समग्र समस्याको विकास गर्ने, उक्त क्षेत्रका सबै समुदायको धार्मिक, साँस्कृतिक ऐतिहासिक क्षेत्रको विकास गर्ने एजेण्डा अघि सारेका छन ।

‘हेर्नुहोस अहिले धेरै ठुल ठुला कुरा गरेर जनतालाई सपना बाँड्नु भन्दा सक्ने जति गर्ने हो, ‘थापाले भने, ‘आशा छ, मेरो राजनीतिक संघर्ष, त्याग र जनताका लागि गरेको कुर्बानीबाट मलाई सबैले साथ दिनेछन ।’

कटानी नियन्त्रण गर्दै कृषि क्षेत्रको विकास गर्छु : बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राना 

No description available.

बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बन्धु रानाले लालझाडी, पुनर्वास नगरपालिका दोदा नदीको कटानीको उच्च जोखिम र कृषियोग्य भूमि बर्षनी कटानी गरिरहेको बताउँदै रानाले एकातिर नदी नियन्त्रण गरेर कृषियोग्य भूमि सरक्षण र सिँचाई सुविधा पु¥याउने एजेण्डा अघि सारेका छन ।
रानाले क्षेत्रको विकासका लागि सीमा सुरक्षा, कृषि, पूर्वाधारलाई प्राथमिकता दिएका छन । ‘हेर्नुहोस पुनर्वास नगरपालिका अधिकाँस सीमा क्षेत्र छ, जहाँ थुप्रै सीमा विवाददेखि अनेकन झन्झट छ, ‘उनले भने, ‘मैले मेरो तहबाट सीमा समस्या समाधानका लागि निरन्तर पहल गर्छु ।’ कृषि उत्पादनलाई प्रदेश राजधानीमा खपत गरेर किसानले उत्पादन गरेका बस्तु तथा सेवा खपत गर्ने, खेलकुद विकास गर्दै युवाहरुलाई शिक्षा र स्वास्थ्यमा जोड्दै क्षेत्रका सबै जनताको स्वास्थ्यमा सुधार ल्याउने सीमा सुरक्षाका लागि थप बिओपी विस्तारदेखि दिर्घकालिन रुपमा समधान गर्ने रानाको एजेण्डा छ ।
रानाले पुनर्वास र लालझाडी गाँउका सबै सडक स्तरोन्नती गर्ने, यस उक्त क्षेत्रमा रहेका आदिवासी जनजाति, थारु सबै जातजाति समुदायको धर्म कला, संस्कृति संरक्षणका लागि योजना ल्याईने, शिक्षा, स्वास्थ्य, खानेपानी, संचार, पर्यापर्यटन, जगली जनावरबाट हुने क्षति न्यूनिकरण, किसानका लागि विशेष कार्यक्रम, रोजगारीमुलक उद्योग स्थापना, युवा, महिला स्वरोजगारका कार्यक्रम संचालन गर्ने एजेण्डा अघि सारेका छन ।

प्रतिक्रिया दिनुस