कञ्चनपुर । आशन्न ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनको मिति नजिकिदै गएपछि बाम लोकतान्त्रिक गठबन्धनका पक्षमा जनलहर बढिरहेको छ । बाम लोकतान्त्रिक गठबन्धन कञ्चनपुरका तीनै निर्वाचन क्षेत्रमा जनलहर बढ्दै गएको हो । पछिल्ला दिनहरुमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार चुनावी एजेण्डा लिएर जनताको घरदैलोमा गईरहेका छन ।

उम्मेदवार रहित एव उम्मेदवार सहित बाम लोकतान्त्रिक गठबन्धनले घरदैलो, चुनावी कोण सभा एव भेटघाट कार्यक्रम तिव्र पारेको छ । बाम लोकतान्त्रिक गठबन्धन एव नेपाली काँग्रेस कञ्चनपुरका उप सभापति मिन बहादुर सिहले सिङ्गो कञ्चनपुर बाम गठबन्धनका पक्षमा उम्भिएको बताए ।

उपसभापति सिहले जिल्लाका ६ प्रादेशिक निर्वाचन क्षेत्र र ३ प्रतिनिधी सभा सदस्यका उम्मेदवार, समानुपातिक उम्मेदवार सहित नेता कार्यकर्ता उत्साहित भएर घरदैलोमा गईरहेको बताए । ‘अहिले जनता बाम लोकतान्त्रिक गठबन्धनको पक्षमा देखिएका छन, ‘उनले भने, ‘यस अघि ओली नेतृत्वको साढे तीन बर्ष सरकारबाट जनता ढिक्कबाक्क भएका छन ।’

बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र ३का नेता एव माओवादी केन्द्र कञ्चनपुरका युवा नेता बिरेन्द्र बिसीले गठबन्धनको तिव्र रुपमा प्रंचार प्रसार भईरहेको बताए । उनले उक्त निर्वाचन क्षेत्रका सबै वडा, गाँउ बस्ती टोल घर घरमा प्रचारप्रसार तिव्र रुपमा भईरहेको बताए । बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार त्रय संघ तर्फ पुर्वमन्त्री रमेश लेखक, ३(क)बाट संविधान सभा सदस्य टेकेन्द्र प्रशाद भट्ट, ३(ख)बाट पुर्व जनप्रतिनिधी एव काँग्रेस नेता बेल बहादुर रानाप्रति जनता आशावादी रहेको बताए ।

‘मुलुकको चाहना र जनताको आवश्यकता अनुरुप देशका भएको गठबन्धन अनुरुप क्षेत्रका समेत गठबन्धनका उम्मेदवारका पक्षमा जनलहर उर्लिएर आएको छ ।’ संविधानको रक्षादेखि व्यवस्था जोगाउन स्थानीय स्तरमा बृद्धि विकासका लागि जनताले बाम गठबन्धनका उम्मेदवारलाई उल्लेख साथ दिईरहेको बताए । ‘एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले जनताले दिएको जनमत बिरुद्ध दुई दुई पटक संसद विघटन गरे, ‘उनले भने, ‘यसरी ओलीले जनमतमाथि घात गरेपछि जनता आफ्नो अधिकार जोगाउनुका लागि गठबन्धनको पक्षमा उभिएका छन ।’

विपक्षी दल समुहबाट गठबन्धन बिरुद्धमा अनेकन भ्रम सृजना गरिरहेको भन्दै उनले के कम्युनिष्टले राजावादी पार्टीसंग गठबन्धन गर्न सुहाउँछ ?’ १२ बुँदे सहमती, दोस्रो जनआन्दोलन एव संविधान निर्माणका लागि माओवादी र काँग्रेसविच ऐतिहासिक सहमती अनुरुप अहिले पनि संविधान जोगाउन र कार्यान्यनका लागि गठबन्धन भएको स्पष्ट पारेका छन ।

उनका अनुसार दैनिक एमाले, सहितका अन्य दल समुहबाट काँग्रेस एमालेमा प्रवेस गर्नेक्रम जारी छ । नेपाली काँग्र्रेस कञ्चनपुरका नेता एव बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र ३ का नेता गोपाल गुरुङ्गले क्षेत्रका जनता प्रतिगमन बिरुद्धमा बाम लोकतान्त्रिक गठबन्धन पक्षमा देखिएको बताए । ‘अहिले बाम लोकतान्त्रिक गठबन्धनको पक्षमा जनता उर्लिएका छन, ‘उनले भने, ‘हाम्रा उम्मेदवार पक्षमा जनताको अधाग साथ सर्मथन पाईएको छ ।’

उनले दैनिक एमाले नेता कार्यकर्ता सहित स्वतन्त्र मानिस काँग्रेसमा प्रवेस गरिहेको बताए । नेकपा माओवादी कञ्चनपुरका युवा नेता एव बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र ३का प्रभावशाली नेता भरत दत्त भट्टले क्षेत्रका निरन्तर रुपमा उम्मेदवार सहित नेता कार्यकर्ता खटिएको बताए । ‘हामी र हाम्रा उम्मेदवार जहाँ जहाँ जान्छौँ, त्यहाँ जनताको साथ सर्मथन पाईएको छ, ‘उनले भने, ‘सबैको मन मस्तिस्कमा बाम गठबन्धन नै सुनिन्छ ।’

जनताले काँग्रेस, माओवादी सहित गठबन्धनप्रति विश्वास मानिरहेको बताउदै उनले गठबन्धन बलियो हुँदै गएको बताए । सत्ता गठबन्धन क्षेत्र ३ प्रतिनिधी सभा सदस्यका उम्मेदवार एव पुर्वमन्त्री रमेश लेखक, ३(क) प्रदेश सभा सदस्यका उम्मेदवार संविधान सभा सदस्य टेकेन्द्र प्रशाद भट्ट, ३(ख) दोधाराचाँदनीका पुर्व अध्यक्ष समेत रहेका उम्मेदवार बेल बहादुर राना सहितले क्षेत्रको सम्बृद्धिका लागि काम गर्ने प्रतिबद्धता जोहर गरेका छन ।

गत स्थानीय तह निर्वाचनमा काँग्रेस २२ हजार ५८ , एमाले १५ हजार ८१६ , माओवादी ७ हजार ८८३ , समाजवादी २ हजार ५सय , राप्रपा ६ हजार २८० र अन्य २ हजार ४सय मत ल्याएका थिए । बुद्धिजिवीले यस अघि ०७४मा बाम गठबन्धन हुँदा कञ्चनपुरका सबै सिट गठबन्धनले नै जिते अनुरुप अहिले पनि त्यही जनताले चाहेको बताईरहेका छन ।

प्रतिक्रिया दिनुस