कञ्चनपुर, ३ मंसिर
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३मा नेकपा एकीकृत समाजवादी र बाम लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताविच झडप भएको छ । गयराती क्षेत्र ३ (क) भीमदत्त नगरपालिका १मा समाजवादी र गठबन्धनविच झडप भएको हो । सत्ता गठबन्धन(काँग्रेस–माओवादी)का कार्यकर्ता र समाजवादीका कार्यकर्ताविच भीमदत्त नगरपालिका १ क्षेत्रमा झडप भएको छ ।
समाजवादीका कार्यकर्ता रतन कुँवर समुहले गरिब दलित, विपन्न थारु बस्तीमा पैशा वितरण किन गर्न लागेको रोक्न खोजेपछि झडप भएको बताईएको छ । सत्ता गठबन्धनका नेता पदम भट्टले समाजवादीका नेता कार्यकर्ता पैशा बोकेर दलित, गरिब बस्तीमका गईरहेका बेला यसो नगर भन्दा उनीहरुले आफ्ना कार्यकर्ता हिक्मत विष्टमाथि प्रहार गरेको बताए ।
‘समाजवादीमा मान्छेहरु खुलेयामा दलित गरिबलाई पैशा वितरण गर्न हिडेका थिए, ‘उनले भने, ‘हामीले रोक्न खोज्दा उनीहरुले उल्टै हामीमाथि जाईलागेका हुँन ।’ घाईते विष्टको महाकाली अस्पतालमा उपचार हुन नसकेपछि अन्यन्त्र रिर्फर गरिएको बताए । दोहोरो झडपमा समाजवादीका समेत रतन कुँवर घाईते भएका छन ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दुवै पक्षबाट कुटपिट हुँदा सत्ता गठबन्धनका हिम्मत विष्ट र समाजवादीका रतन कुँवर घाईते भएको जनाएको छ ।’ विपक्षी दल समुहले मौन अवधिमा सत्ताधारीमाथि पैशा वितरणदेखि प्रभावित पारेको आरोप लगाउँन थालेपछि कञ्चनपुर जिल्लाभरी सत्ताधारी गठबन्धनले मौन अवधिमा विपक्षी एमाले सहितका दलबाट भईरहेका पैशा वितरण एव आचार संहिता विपरित कार्य रोक्नका लागि प्रयास थालेको छ ।