कञ्चनपुर । कञ्चनपुर जिल्लाका दक्षिणी क्षेत्रमा रहेको झालझाडी गाउँपालिका प्रमुख निर्मल राना पक्राउ परेका छन् ।
निर्वाचनको मोन अवधीमा प्रचारप्रसार र एमाले का लागि भेट माग्ने क्रममा बाम लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले थाहा पाउदा उनी पक्राउ पारेका हुन। कार्यकर्ताले प्रहरी लाई जानकारी गराउदै अध्यक्ष राना पक्राउ परेका छन् ।
गठबन्धनका नेता चर्मु रानाले आचारसंहिता विपरीत पैसा बाढ्दै भोट माग्दै गरेको अवस्थामा देखेपछि उनलाई प्रहरीको जिम्मा लगाएको उनले बताए। कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले घटना बारे अहिले थाहा नभएको र बुझ्ने बताए।
प्रतिक्रिया दिनुस