कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र ३(क)बाट प्रदेश सभा सदस्यमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रकास बहादुर रावल निर्वाचित भएका छन । क्षेत्र ३(क) बाट सूदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री समेत रहेका रावलले (एमाले–राप्रपा) गठबन्धनका धर्मराज जोशीलाई १ हजार, ७४९ र (माओवादी–काँग्रेस) गठबन्धनका टेकेन्द्र प्रशाद भट्टलाई २ हजार, ४८९मतको अन्तरले हराउँदै पुन दोस्रो पटक प्रदेश सभा सदस्यको यात्रा तय गरेका छन ।

रावलले ८ हजार, १६३, जोशीले ६ हजार, ४१४ र भट्टले ५ हजार, ६७४ मत ल्याएका थिए । अधिल्लो ०७४मा सम्पन्न भएको निर्वाचनमा रावलले (एमाले–माओवादी) १२ हजार, ८१७ मत ल्याएका थिए । अहिले मत संख्या कम अन्तर बढी उतिबेला मत बढी अन्तर ६३मात्रै रहेको थियो । रावल प्रदेश सभा सदस्य एव राज्यमन्त्री मन्त्री भएका बेला क्षेत्रको विकास निर्माण गरेको भन्दै चर्चा बटुलेका थिए ।

यस निर्वाचन क्षेत्रमा ११ उम्मेदवार चुनावी मैदानमा थिए । मौलिक जरोकिलो पाटीका मोहन सि धामीले २सय २८, नेकपा मालेका पदम सिह खत्रीले ३ सय ७४, नेपाल मजदुर किसान पाटीका सुरेन्द्र दमाईले ८५, काँग्रेस बागी पिताम्बर जोशीले १ हजार ९२५, अर्का काँग्रेसकै बागी गोपाल सिह बुढापालले १ सय ५१, दिवान सिह मेजार(आग्री)ले २ सय ७१, नेकपा एकीकृत समाजवादीका बागी लोक विक्रम थापाले ६ सय ३७ र महादेव भट्ट १३ मत ल्याएका थिए । अधिल्लो निर्वाचन भन्दा अहिले दिवान आग्रीले मत बढाएका छन । अधिल्लो निर्वाचनमा आग्रीले १६५ मत ल्याएका थिए । अहिले १०६ मत बढाएका छन ।

उक्त क्षेत्रबाट ४६ हजार ५८४ मतदाता मध्ये २५ हजार २३६ मत खसेका थिए । जसमध्ये २३ हजार ९३५ मत सदर भएका थिए । उक्त निर्वाचन क्षेत्रमा (माओवादी–काँग्रेस) र

(एमाले–राप्रपा)विच घात भएको देखिए । गत स्थानीय तह निर्वाचन अनुरुप उक्त निर्वाचन क्षेत्रबाट काँग्रेस ११ हजार ३९, एमाले ६ हजार ५३३, माओवादी केन्द्र २ हजार ३२५, समाजवादी २ हजार ७३, राप्रपा २ हजार ९सय ७९ र अन्यले २सय ६५मत पाएका थिए ।

प्रतिक्रिया दिनुस