लाल ब. एसके

कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र १(क)मा एमालेका बीर बहादुर थापा(पातल) निर्वाचित भएका छन । थापाले आफ्ना निकटतम प्रतिद्वन्दी काँग्रेसका बन्धु रानालाई १ हजार ३५३मतको अन्तरले हराउँदै प्रदेश सभा सदस्यको यात्रा तय गरेका छन । थापाले १२ हजार ४५९ र रानाले ११ हजार ६ मत ल्याएका थिए । उक्त निर्वाचन क्षेत्रबाट ८ उम्मेदवार चुनावी मैदानमा होमिएका थिए ।

नागरिक उन्मुक्ति पार्टी पाटीका पल्टु रानाले २ हजार ६०, राप्रपाका खेमराज लामिछाने १ हजार ९३१, एमालेकै बागी भक्त बहादुर अधिकारीले २ हजार ४९९, नेकपा माओवादी समाजवादीका जगेश्वर बुढाक्षेत्रीले २ सय ३४, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मजुरलाल रानाले १७०, नेपाल मजदुर किसान पाटीका भागरथी देवी रावलले ७६मत पाएका थिए ।

अहिलेका नागरिक उन्मुक्ति पाटीका उम्मेदवार पल्टु रानाले यस अघिको निर्वाचनमा ६९०मत ल्याएका थिए । उक्त निर्वाचन क्षेत्रमा ४९ हजार ६५२ मतदाता मध्ये ३१ हजार ८९७ मत खसेका थिए । ३० हजार ३३५ मत सदर भएका थिए । पुर्व माओवादी नेता थापा गत बर्ष एमाले कञ्चनपुर जिल्ला अध्यक्षमा पराजित भएका थिए ।

गत बर्ष सम्पन्न पार्टीको ९ औँ जिल्ला अधिवेशनमा पराजित भएका एमाले नेता थापा ०७४ मा माओवादी केन्द्रबाट पुनर्वास नगरमा मेयरमा चुनाव लडेका थिए । नगर प्रमुख र पाटी अध्यक्षको चुनावमा पराजित भएपनि प्रदेशको संसदीय यात्रामा भने थापा सफल भएका छन ।

स्वयम यस पटक पनि एमालेकै बागी उम्मेदवार भक्त बहादुर अधिकारी र बाम लोकतान्त्रिक गठबन्धनको चुनौती छिचोल्दै थापा संसदको पहिलो प्रयासमै सफल भएका हुन । शिक्षक हुँदै जनयुद्धका बेला जेलब्रेकरदेखि संसदीय चुनावमा होमिएका थापालाई अहिले बधाईको ओईरो छ ।

प्रतिक्रिया दिनुस