कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र १(ख)मा नेपाली काँग्रेसका नेता दिवान सिह विष्ट निर्वाचित भएका छन । बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विष्टले आफ्ना निकटतम प्रतिद्वन्दी एमालेका नेता पल्लवराज भट्टलाई ९ सय १७ मतको अन्तरले हराउँदै प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन । विष्टले ८ हजार ५२०, भट्टले ७ हजार ६०३ मत ल्याएका थिए ।

एमालेबाटै बागी उठेका टेक बहादुर साउदले ५ हजार ७१३, नागरिक उन्मुक्ति पाटीका गिता चौधरीले ५ हजार ५०२, नागरिक उन्मुक्ति पाटीकै बागी नेत्रलाल चौधरी ९२६, राप्रपाका धिरज विक्रम सिहले १ हजार ४ सय ३५, लोकतान्त्रिक समाजवादीका बुझौना चौधरीले ३सय ६५, नेपाल मजदुर किसान पाटीका हर्क बहादुर क्षेत्र ७८ मत ल्याएका थिए ।

उक्त निर्वाचन क्षेत्रमा ४९ हजार, ४५८ मतदाता मध्ये ३० हजार १४२ मत सदर भएका थिए । गत बर्ष सम्पन्न भएको एमालेको ९ औँ महाधिवेशनमा भट्टले कञ्चनपुर पाटी सचिव जितेका थिए, भने काँग्रेस १४ औँ महाधिवेशनमा विष्ट केन्द्रीय सदस्यमा पराजित भएका थिए । उक्त निर्वाचन क्षेत्रमा काँग्रेस–माओवादीविच गठबन्धन र एमाले एक्लै चुनावमा होमिएको थियो ।

गत स्थानीय तह निर्वाचनमा काँग्रेसले ९ हजार ६६५, एमाले ९ हजार ८६०, माओवादी ७ हजार ३११, समाजवादी एक हजार ६४, राप्रपा ९ सय ७ र अन्य १ हजार ७४२मत ल्याएका थिए । यस निर्वाचन क्षेत्रमा काँग्रेसले अन्तरघात गरेर पुर्व काँग्रेसकै नेता एव एमालेका बागी स्वतन्त्र उम्मेदवार लालटिन र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारलाई हालेको एमाले स्वमले पनि आफ्ना उम्मेदवार नदिएको नेताहरुको भनाई छ ।

प्रतिक्रिया दिनुस