कञ्चन को-अपरेटिभ सर्भिस लिमिटेड सहकारीको प्रथम साधारण सभा सम्पन्न भएको छ । सनिवार कञ्चन को-अपरेटिभ सर्भिस लिमिटेडको प्रथम साधारण संस्थाको प्रधान कार्यालय भासीमा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष संकर सिह कार्कीको अध्यक्षतामा कञ्चन को-अपरेटिभ सर्भिस लिमिटेड प्रथम सधारण सभा सम्पन्न भएको हो ।

साधारण सभामा प्रमुख अतिथि सहकारी विभागका रजिष्टार देव राज पन्त रहेका थिए । साधारण सभाको बार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष संकर सिह कार्कीले प्रस्तुत गरेका थिए ।

साधारण सभाको सञ्चालन संस्थाका दैजी सेवा केन्द्रका म्यानेजर राजेन्द्र प्रसाद जोशीले गरेका थिए । त्यस्तै सधारण सभामा स्वागत मन्तव्य संस्थाका लोन अफिसर पुस्कर बहादुर कुवरले राखेका थिए ।साधारण साभामा बिशिष्ट अतिथि राष्ट्रिय सहकारी बैंकका कचनपुर शाखा म्यानेजर आशा जोशी त्यस्तै अतिथिमा संस्थाका सल्लाहकार संयोजक शिव सिह कार्की रहेका थिए ।त्यस्तै साधारण सभामा अतिथिमा कञ्चनपुरका युवा उध्योगी व्यसायी विर बहादुर पाल, हिक्मत शाह ,खगेश्वर बोहरा,बिष्णु सिह बिष्ट,भिम बहादुर साउद , दिपेन्द्र प्रकास साउद, लक्ष्मी पाण्डे, दिनेश खडायत रहेका थिए ।

कञ्चन को-अपरेटिभ सर्भिस लिमिटेडको प्रथम साधारण सभाबाट नयाँ कार्यसमिति निर्वाचित भएको छ । कञ्चन को-अपरेटिभ सर्भिस लिमिटेडको प्रथम साधारण सभाबाट अध्यक्षमा बिष्णु सिह बिष्ट निर्वाचित भएका छन । त्यस्तै उपाध्यक्ष जानकी देवि पन्त ,सचिव भीम बहादुर साउद,कोषाध्यक्ष बिजया लक्ष्मी देवी अवस्थी ,सदस्यमा  दिनेश खडायत,रमा ओझा,देव राज जोशी,सुन्दर सिह कार्की निर्वाचित भएका छन । त्यस्तै संस्थाको लेखा समितिमा लेखा संयोजक लोक राज पन्त, सदस्य रविन्द्र सिह कार्की,माधवी धामी निर्वाचित भएका छन ।

कञ्चन को-अपरेटिभ सर्भिस लिमिटेड संस्थाका केन्द्रिय शाखा महेन्द्रनगर र दैजी सेवा केन्द्र गरेर २ ओटा सेवा केन्द्र रहेका छन । साधारण सभाबाट संस्थाले थप नयाँ बजार हेरेर ग्रामिण ठाँउमा सेवा केन्द्र बिस्तार गर्ने र सेयर पुजी समेत थप गर्ने निर्णय साधारण सभाबाट पारित गरिएको अध्यक्ष बिष्णु सिह बिष्टले बताउनुभयो ।

कञ्चन को-अपरेटिभ सर्भिस लिमिटेड संथाको ५ करोड चुक्ता पुजीबाट सुरू गरिएको सहकारीले थप ५ करोड सेयर पुजी थप गरेर १० करोड पुजी बनाउने लक्ष्य रहेको बताए ।

त्यस्तै कञ्चन को-अपरेटिभ सर्भिस लिमिटेडको प्रथम साधारण सभाबाट संस्थाको निक्षेप संकलन गर्ने उत्कृट र लगनशिल कर्मचारी पष्कर बहादुर कुवर र माया साउद लाइ सम्मान गरेर प्रमाण पत्र दिएको छ ।

प्रतिक्रिया दिनुस