कञ्चनपुर । कञ्चन को–अपरेटिभ सर्भिस लिमिटेडको अध्यक्षमा विष्णूसिह विष्ट निर्वाचित भएका छन । शनिबार महेन्द्रनगरमा सम्पन्न भएको कञ्चन को–अपरेटिभ सर्भिस लिमिटेडको प्रथम साधारण सभाबाट अध्यक्षमा विष्ट निर्वाचित भएका हुन । विष्ट पुर्व नेपाल सरकारका उपसचिव हुन । उपाध्यक्ष जानकी देवि पन्त ,सचिव भीम बहादुर साउद, कोषाध्यक्ष बिजया लक्ष्मी देवी अवस्थी ,सदस्यमा दिनेश खडायत, रमा ओझा, देव राज जोशी, सुन्दर सिह कार्की निर्वाचित भएका छन । लेखा समितिमा लेखा संयोजक लोक राज पन्त, सदस्य रविन्द्र सिह कार्की,माधवी धामी निर्वाचित भएका छन ।

कञ्चन कोअपरेटिभ सर्भिस लिमिटेडको अध्यक्षमा निर्वाचित भएका विष्णूसिह विष्टले संस्थाको आर्थिक बृद्धि विकास गर्ने प्रतिबद्धता जाहेर गरेका छन । अध्यक्ष विष्टले साधारण सभाबाट संस्थाले थप नयाँ बजार हेरेर ग्रामिण ठाँउमा सेवा केन्द्र बिस्तार गर्ने र सेयर पुजी समेत थप गर्ने निर्णय साधारण सभाबाट पारित गरिएको बताए ।

कञ्चन को–अपरेटिभ सर्भिस लिमिटेड संथाको ५ करोड चुक्ता पुजीबाट सुरू गरिएको सहकारीले थप ५ करोड सेयर पुजी थप गरेर १० करोड पुजी बनाउने लक्ष्य रहेको अध्यक्ष विष्टले बताए । कञ्चन को(अपरेटिभ सर्भिस लिमिटेड संस्थाका केन्द्रिय शाखा महेन्द्रनगर र दैजी सेवा केन्द्र गरेर २ ओटा सेवा केन्द्र रहेका छन ।

प्रतिक्रिया दिनुस