रोजगारीका लागि भारतमा गएका एक नेपाली युवकको सडक निर्माणमा मृत्यु भएको छ । बैतडीको डिलाशैनी गाँउपालिका -४ मठैराज दुवारीका अन्दाजी बर्ष २३ का चक्र बदादुर बोहराको मृत्यु भएको हो ।

आइरवार भारतको उत्तर प्रदेश मन्सुरी भन्ने ठाउँमा सडक निर्माणमा स्काभेटर चलाइ राखेको बेला सडकको माथीबाट खसेको पहिरोमा परी बोहराको मृत्यु भएको हो ।

रोजगारीको लागि भारको मनसुरी पुगेका बोहरा स्काइभेटरका र  जेसिबी ड्राइभर रहेको र केहि महिना देखि सडक निर्माणमा काममा रहेका चक्र बोहराको पहिरोमा परेर निधन भएको स्थानिय मदन बहादुर बोहराले जानकारी दिनुभयो । बोहराको कलिलै उमेरमा निधन भएकोले गाउँनै सोकमा डुबेको छ ।

प्रतिक्रिया दिनुस