कञ्चनपुर, २० मंसिर ,कञ्चनपुरको बेदकोट नगरपालिकामा छाडा पशु चौपाया व्यवस्थापन पेचिलो बन्दै गएको छ । गत शनिबारदेखि स्थानीय किसानले छाडिएका पशु चौपाया नगरपालिका हुलेर आन्दोलनमा उत्रिएका छन ।
स्थानीयले छाडा पशु चौपायाका कारण अन्नबालीदेखि राजमार्ग क्षेत्रमा सवारी दुर्घटना बढाएको भन्दै नगरपालिका कार्यालयभित्र पशु चौपाया हुलेर आन्दोलन गरेका थिए । अघि नगरपालिकाले बेदकोट नगर ६ चुनेपानी सिद्ध सरोबर सामुदायिक वनमा छाडा पशु चौपाया व्यवस्थापन गरेको थियो । अल्पकालिन अव्यवस्थापनका लागि चुनेपानी पशु चौपाया लगेपनि त्यहाँ पनि स्थानीयले राख्न नदिएपछि नगरपालिकातिरै फिर्ता गरेका थिए । सिद्धसरोबर सामुदायिक वनका अध्यक्ष एव चुनेपानी छाडा पशु चौपाया व्यवस्थापन समितिका अध्यक्ष गणेश बमले नगरपालिकाले समन्वय नै नगरेर यहाँ ल्याईएका सयौँ पशु चौपाया फिर्ता गरिएको बताए । ‘यहाँ खानका लागि अन्न छैन, ‘उनले भने, ‘हामी सहित उपभोक्ताले फिर्ता गरिदिएको छ ।’
सोमबार नगरपालिबाट व्यवस्थापन गछौँ भनि लगिएका पशु चौपाया चुरे फेदमा मृत र गाडीएको अवस्थामा फेला परेको स्थानीयले बताएका छन । स्थानीय एव बेदकोट नगरका निर्वतमान सदस्य डम्बर दत्त भट्टले नगरपालिकाले व्यवस्थापन गछौँ भनि लगेका पशु चौपाया भिरमा खसालेर हत्या गरेको बताए । ‘नगरपालिकाबाट चुनेपानीमा व्यवस्थापन गछौँ, भनेर ट्रकमा ल्याईएका केही पशु भिरमा खसालेर मारेको रहेछ, ‘उनले भने, ‘केही खाल्टोमा गाडिदिएको रहेछ ।’ बेदकोट नगरपालिका ३ दैजी लिप्ना सडकखण्ड अन्र्तरगत चुरे क्षेत्रमा गाडिएको अवस्थामा ८ गाईगोरु भेटिएका छन ।’
६ बच्चाबाच्ची र २ गाई खाडलमा गाडिएको अवस्थामा भेटिएपछि स्थानीयले नगरपालिकाले हत्या गरेको आरोप लगाएका छन ।

यस्तो अवस्थामा भेट्टिए गाईगोरू छाडा पशुचौपाया हेर्नुहोस भिडियो हरि सुवेदीको फेसबुक बाट सभार

https://www.facebook.com/hariprasad.subedi.948/videos/685528446430842/?app=fbl

स्थानीय एव नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हरि सुवेदीले नगरपालिकाले दिर्घकालिन रुपमा समस्या समाधान गर्न नसक्दा खाल्डोमा गाडेको बताए । ‘सोमबार व्यवस्थापन गछौँ, भन्दै नगरपालिकाबाट लगिएका पशु चौपाया केही भिरमा भेटिए, केही घाईते अवस्थामा फिर्ता भएका थिए, हामीले अनुगमन गर्दा सडक छेउमा गाडेको भान पाएर जेसिभी लगाएर उत्ख्नन गर्दा दर्जनौँ पशु चौपाया भेटिए यो सरासर हत्या भयो ।’विश्वहिन्दु गौरक्षा अभियानका अध्यक्ष चक्र्रदेव जोशीले नगरपालिकाले व्यवस्थापन गर्ने नाममा नेपालको राष्ट्रिय जनावर गाईको हत्या गरिएको बताए । ‘यो कुनै व्यवस्थापन होईन सरासर हत्या हो, ‘उनले भने, ‘यो घटनाको छानबिन गर्नुपर्छ दोषि उपर कार्बाही गर्नुपर्छ ।

बेदकोट नगरपालिका छाडा पशु चौपाया व्यवस्थापन पेचिलो बन्दै गएपछि राजनीतिक दलले समेत गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नेकपा(बहुमत) र नेकपा क्रान्तिकारी माओवादी) ले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै व्यवस्थापन गर्ने बहानामा ट्रकका ट्रका हुलेर चोरपानी हुँदै भिरमा खसाल्नेदेखि गाड्ने काम भएको भन्दै भत्र्सना जाहेर गरेको छ ।

नेकपा बहुमत जिल्ला इन्चार्ज अर्जुन र नेकपा बैद्य माओवादी जिल्ला इन्चार्ज विक्रान्तद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा अव्यवस्थित ढङगबाट पशु चौपायाको हत्यादेखि अलपत्र छाड्ने कामको चिन्ता प्रकट गरेको छ । चुनावका बेला छाडा पशु चौपाया नियन्त्रण गर्ने कसम खाएका जनप्रतिनिधीले निर्वाचित भएको महिनौँ वितिसक्दा पनि बाध्य भएर आन्दोलनमा आएको उनीहरुले बताएका छन ।

तीनदिनदेखिको लगातार आन्दोलनका कारण नगरपालिक कार्यालयको नियमित कामकाजमा समेत प्रभाव परेको छ । स्थानीयले चुरे र चुरे फेदमा कतै गाडिएको कतै मृत फेला परेका पशु चौपायाबारे नगरपालिकाले छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन ।

बेदकोट नगरपालिकाले चालु आर्थिक बर्ष २०७९÷०७९मा छाडा पशु चौपाया व्यवस्थापनका लागि बैतडा स्थित बालज्योती विद्यालयले जमिन भाडामा लिएर व्यवस्थापन कार्य अघि बढेको जनाएको छ । बेदकोट नगरका प्रवक्ता चित्रदेव भट्टले नगरपालिकाले अस्थायी रुपमा कार्यालय परिषर र स्थायी रुपमा बैतडा स्थित बालज्योती विद्यालयले जमिन भाडामा लिएर व्यवस्थापन कार्य अघि बढेको बताए ।

‘चुरेमा मृत भेटिएका र गाडिएको अवस्थामा फेला परेका पशु बारे हामीलाई थाहा छैन, ‘प्रवक्ता भट्टले भने, ‘जनता स्तरबाट सो विषयमा माग आए छानबिन गछौँ ।’ नगरपालिकाले छाडा पशु चौपाया चुनेपानी लग्छौँ भनेर चुरेमा फालेको र गाडेको आरोप छ नी भन्ने जिज्ञासामा नगरपालिकाबाट कुनैपनि पशुको हत्या र अलपत्र छाड्ने कामै नभएको दावि गरेको छन ।

प्रवक्ता भट्टले सामुदायिक पशु चौपाया व्यवस्थापनका लागि गत कार्तिकदेखि नै भूमि पुजन गरेर कामकाज अघि बढेको बताउँदै केही गाई गोरुको नाममा राजनीति गर्ने व्यक्तिका कारण झमेला भईरहेको बताए ।

प्रतिक्रिया दिनुस