कञ्चनपुर। दार्चुला जिल्लाको महाकाली क्षेत्रमा भारतीय विस्तारवादले गरेको ज्यादतिको नेकपा (क्रान्तिकारी माओवादी)ले घोर विरोध गरेको छ । नेकपा (क्रान्तिकारी माओवादी)का प्रवक्ता प्रतीकले एक वक्तव्य जारी गरी भारतीय विस्तारवादको तर्फबाट गरिएको यस प्रकारको ज्यादति तथा नेपाल सरकारको निरीहता र दलाली प्रवृत्तिको घोर बिरोध गरेको हो ।

वक्तव्यमा तटबन्धको विरोधमा उत्रनु भएका नेपाली युवाहरुहरुको देशभक्तिको सम्मान गर्दै भारतीय पक्षबाट हुने सबैखाले हस्तक्षेप रोक्न, घाइतेहरुको निःशुल्क स्वस्थ्योपचारको व्यवस्था मिलाउन र क्षतिपूर्तिका लागि पहलगर्न पनि नेपाल सरकारसँग जोडदार माग गरिएको छ ।

वक्तव्यमा भनिएको छ, “नेपालमाथि भारतीय विस्तारवादी शाषक वर्गको हेपाहा प्रवृत्ति गत आइतबार पुनः दार्चुलामा देखिएको छ । नेपाल सरकारसँग कुनै सम्पर्क नराखी नेपालको बंगाबगड क्षेत्रतर्फ पानीको बहाव फर्काउन महाकाली नदीको किनारमा ग्याबिन जाली लगाएर तटबन्ध गर्ने क्रममा भारत सरकारले यो दादागिरी गरेको हो । घटनास्थलमा गई त्यसको विरोध गर्ने क्रममा प्रेमसिंह कुँवर, पुष्कर सिंह, जयसिंह ऐर लगायतका स्थानीय नेपाली युवाहरु घाइते भएका छन् ।
भारतीय विस्तारवादको तर्फबाट गरिएको यस प्रकारको ज्यादति तथा नेपाल सरकारको निरीहता र दलाली प्रवृत्तिको हाम्रो पार्टीे घोर बिरोध गर्दछ । उक्त तटबन्धको विरोधमा उत्रनु भएका नेपाली युवाहरुहरुको देशभक्तिको सम्मान गर्दै भारतीय पक्षबाट हुने सबैखाले हस्तक्षेप रोक्न, घाइतेहरुको निःशुल्क स्वस्थ्योपचारको व्यवस्था मिलाउन र क्षतिपूर्तिका लागि पहलगर्न हाम्रो पार्टी नेपाल सरकारसँग जोडदार माग गर्दछ ।
त्यस्तै नेकपा (क्रान्तिकारी माओवादी) सुदुरपश्चिम प्रदेश सेक्रेटरी राम बहादुर महरा चिन्तकले पनि भारतियको ज्यादतीको घोर बिरोध गरेका छन । दार्चुलामा पटक पटक भारतीय पक्षले एकलौटी रुपमा नेपाली भुभाव नदिले कटानी गर्ने गरेर बाद बनाउने कार्य र नेपाली नागरिक माथी ज्यादती गर्ने कार्य प्रति घोर भत्सना र निन्दा गरेका छन ।

तटबन्धको विरोधमा उत्रनु भएका नेपाली युवाहरुहरुको देशभक्तिको सम्मान गर्दै भारतीय पक्षबाट हुने सबैखाले हस्तक्षेप रोक्न, घाइतेहरुको निःशुल्क स्वस्थ्योपचारको व्यवस्था मिलाउन र क्षतिपूर्तिका लागि पहलगर्न पनि नेपाल सरकारसँग जोडदार माग गरेका छन ।
घटनास्थलमा गई त्यसको विरोध गर्ने क्रममा प्रेमसिंह कुँवर, पुष्कर सिंह, जयसिंह ऐर लगायतका स्थानीय नेपाली युवाहरु घाइते भएका युवाको निशुल्क उपचार गराउन मा गरेका छन ।

प्रतिक्रिया दिनुस