कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं १ बन्शाहको एक घरमा बिद्युततार सट भएर आगलागी भएको छ । बिद्युततार सट भएर आगलागी हुदाँ बन्शाहका तेज सिह महराको घरका कम्प्युटर , पलर्निचर,लुगाकपडा , महत्वपुर्ण सरकारी कागज गरगहना सहित नगद पैसा जलेर नष्ट भएको छ ।

बसको किस्ता तिर्न जम्मा गरेर राखेका नगद जलेर नष्ट भएको छ ।घरका महत्वपुर्ण सबै सामग्री एकै कोठामा भएको हुदाँ सबै सामग्री जलेर नष्ट भएको छ । घरमा कोहि नभएको समय आगलागी हुदाँ सबै समान नलेर नष्ट भएको छ ।

बुधवार आफ्नै घरको बिद्युततार सट भएर आगलागी भएको खुल्न आएको छ । आगलागी अहिले नियन्त्रमा आएको र आगलागिबाट के कति क्षेती भएको क्षेतिको अकिन विवरण आउन बाकिँ रहेको छ । अहिले प्रहरीर स्थानियको सहयोगमा आगलागि नियन्त्रमा आएको स्थानिय प्रर्मानन्द जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुस