कञ्चपुर, बैतडीको पुर्चौडी नगरपालिका रहेको पुरानो संस्था २००४ सालमा स्थापना भएको डिलेश्वरी माध्यामिक विध्यालयको ७५ औँ बार्षिकोत्सव सम्पन्न भएको छ । विध्यालयको ७५ औँ बार्षिक उत्सवको अवसरमा डिलेश्वर माविमा काशी–पदमा विपन्न जेहेन्दार छात्रवृति कोष स्थापना गरिएको छ ।
डिलेश्वरी विद्यालयमा लामो समय सम्म शिक्षण पेशामा आवद्ध रहेका स्वर्गीय कासी कुँवर र उनका श्रीमति स्वर्गीय पदमा कुँवरको सम्झनामा छात्रवृति कोष स्थापना गरिएको हो ।
स्वर्गीय कुँवरका छोरा विनोदकुमार कुँवर र बुहारी रेवती नेगी कुँवरको पहलमा छात्रवृति कोष स्थापना गरिएको हो । भिआइपी जनरल स्टोरले कोषका लागि हरेक बर्ष २४ हजार रुपैंया विद्यालयलाई उपलब्ध गराउने कुँवरले बताए । कोष स्थापनाका लागि पहल गर्ने कुँवर अहिले पुर्चौंडी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख पदमा कार्यरत रहेका छन् ।
यो बर्षको काशी–पदमा विपन्न जेहेन्दार छात्रवृति कोष कक्षा १० मा अध्ययनरत विनोदबहादुर कुँवर र कक्षा ९ मा अध्ययनरत ममता जोशीलाई प्रदान गरिएको छ । उनीहरुलाई जनही १२ हजारका दरले छात्रवृति प्रदान गरिएको कोषको प्रायोजक संस्था भिआइपी जनरल स्टोरका प्रोपाइटर रेवती नेगी कुँवरले बताइन् ।
विपन्न छात्रा छात्राहरुलाई पठनपाठनमा केही सहयोग होस भनेर कोषको स्थापना गरिएको कुँवरले बताए । विद्यालयको हरेक बर्षको बार्षिकोत्सवको दिन एक जना छात्र र एक छात्रालाई कोषका तर्फबाट छात्रवृति उपलब्ध गराइने कुँवरले बताए ।
काशी–पदमा विपन्न जेहेन्दार छात्रवृति कोष स्थापनाका लागि डिलेश्वरी माध्यामिक विध्यालका प्रअ बिरेन्द्र बहादुर धानुक र भिआईपि जनरल स्टोरका सञ्चालक रेवती नेगी कुँवरले समझदारी पत्रमा हस्ताक्षर गरेका छन ।