कञ्चनपुर ,पुस ,१। बसको ठक्करले  कञ्चनपुरको महेन्द्रनगरमा एक विद्यार्थीको मृत्यु भएको छ । शुक्रबार बिहान ७ बजेतिर पुर्वपश्चिम महेन्द्र राजमार्ग सुडा चोक नजिक बसको ठक्करले विद्यार्थीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले महेन्द्रनगरदेखि दार्चुलाका लागि छुटेको ना ६ ख ६५२१ नम्बरको यात्रु बहाक बसको ठक्करले विद्यार्थी कविराज बैद्यको मृत्यु भएको हो ।

२१ बर्षिया कविराज महेन्द्रनगरको कञ्चन विद्यामन्दिर सामुदायिक क्याम्पस स्नातक तह प्रथम बर्षमा अध्ययनरत थिए । बेदकोट नगरपालिका ६ सियैयाका स्थानीय कविराजको घरदेखि क्याम्पस जाने क्रममा विच बाटैमा बसले ठक्कर दिदा घाईते भएका थिए ।

घटना स्थलदेखि अस्पताल पुर्याउदा अस्पतालले कविराजलाई मृत घोषणा गरेको छ । क्याम्पस गएका प्रयागराज बैजका छोरा अब कहिल्यै घर नफर्किने भएका छन । मृतक कविराजका काका यज्ञराज बैद्यले पढाई र अनुशासित विद्यार्थी साईकलनमा जाने क्रममा विचबाटैमा अस्थाएको बताए ।

मृतक कविराजको शव महाकाली अस्पतालमा राखिएको छ ।पढन हिडेको छोरा विचबाटैमा अस्थाएपछि बैज परिवार, आफन्त एव साथिभाई शिक्षक स्तब्ध भएका छन । बैतडी सुर्नया घर भएका बसका चालक सन्तोष ऐर प्रहरी नियन्त्रणमा छन । स्थानियले पुर्वपश्चिम राजमार्ग अवरूद्ध पारेका छन ।

 

प्रतिक्रिया दिनुस