कञ्चनपुर, पुष, ३ । कैलालीको अत्तरियामा एक जना माथी गोली प्रहार भएको छ । गोली लागेर घाइते भएका अत्तरियाका  सुनचाँदी व्यवसायी विकास गौतम अस्पातल भर्ना भएका छन् ।

अत्तरिया स्थित पूर्वरोडमा अज्ञात दुईजनाले गोली हान्दा ३१ वर्षीय विकास गौतम घाइते भएका हुन्। उनलाई उपचारका लागि अत्तरियाको पदमा अस्पताल लगिएको  छ । प्रहरीका अनुसार न्यु घोडाघोडी सुनचाँदी पसलका सञ्चालक गौतम माथि गोली प्रहार गरिएको हो ।

मोटरसाइकलमा आएका दुईजनाले सुविधा होटल अगाडि गौतमलाई दुई गोली प्रहार गरेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रविन्द्र पाण्डेले बताए ।

गोली हान्ने कसैको पनि पहिचान खुलेको छैन । गोली प्रहारबारे अनुसन्धान शुरु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रविन्द्र पाण्डेले बताए ।

प्रतिक्रिया दिनुस