कञ्चनपुर ,पुस, ४ । शुक्लाफाँटा नगरपालिकामा नगर स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना हुने भएको छ । नगरपालिकाले  पुस १३ गरे देखि नगरपालिकामा रहेका माध्यामिक विध्यालय हरूको सहभागितामा नगरपालिका स्तरिय हाजिरी जवाफ प्रतियोगिताका लागि सूचना जारी गरेको छ ।

शुक्लाफाँटा नगरपालिकाले हाजिरी जवाफ प्रतियोगितामा प्रथम हुने टिम लाई ४००० हजार नगद पुरस्कार द्धितिय टिम लाई ३००० हजार नगद पुरस्कार , तृतिय टिमलाई २००० हजार नगद पुरस्कार र सान्त्वना पुरस्कार सहित  सामान्यज्ञान पुस्तक र प्रमाण पत्र दिने सूचनामा उल्लेख गरेको छ । शुक्लाफाँटा  नगरपालिकाले पुरस्कार रासी थौरै राखेर विध्यार्थीको मनोवल कम गर्न खोजेको भनेर आलोचना सुरू भएको छ । नगरपालिकाले  खेलकुदमा प्रतियोगिताको लागि रकम धेरै छुट्याएको भए पनि पुरस्कार राशी थोरै राखेर लज्जास्पद गरेका छन । शुक्लाफाँटा नगरपालिका शिक्षा शाखाको उदासिनताले हाजिरी जवाफ प्रतियोगितामा सानो रासीको पुरस्कार राखिएको देखिन्छ ।

प्रतिक्रिया दिनुस