कञ्चनपुर, पुस, ४ । शुक्लाफाँटा नगरपालिकामा एडिबिको सहरी बिकास आयोजनाको आधुनिक सडक निर्माण ठेक्का अन्तर्गत ८ किलोमिटर आधुनिक सडकको निर्माण ठेक्का पाएको रमन जे.भी  कम्पनिले आधुनिक सडक गुणस्तरहिन काम गरेको भेट्टिएको छ ।

सडक निर्माण गर्दै आएको रमन जे.भीले सडक निर्माण गर्दा गर्दा कालोपत्रे सडक र सडक पेटी भत्कन शुरू भएको छ । निर्माण कम्पनिको चरम लापरवाहि  र  नगरपालिकाको उदासिनताले सडक गुणस्तरहिन निर्माण भईरहेको पाईएको छ ।

शुक्लाफाँटा नगर पालिको ८ किलो‌ मिटर निर्माण हुन लागेको  आधुनिक सडकको ठेक्का २४ करोडमा ठेक्का सम्झैता रमन जे.भी पाएको थियो ।एडिबिको आधुनिक पक्की सडक बन्न लागेको सडक गुणस्तरहिन काम भइरहेको बिषयमा नगरपालिका जनप्रतिनिधि र कर्मचारी बेखवर चुपचाप रहेका छन ।

प्रतिक्रिया दिनुस