कञ्चनपुरको भिमदत्त नगरपालिकाको उत्तर चुरे फेदमा निर्माण भइरहेको जैविक मार्गमा सडक निर्माणमा स्थानियले बिरोध गरेका छन । माथिल्लो चुरे क्षेत्र संग जोडिएका नगरपालिका लगायत अन्य नगरपालिका बिभिन्न ठाँउमा जैविक मार्गको काम चलिरहेको छ । भिमदत्त नगरको ९ नम्बर वडा अन्तर्गत राम टोल र बैजनाथ टोलमा निर्माणाधिन अवस्थामा रहेको जैविक मार्गको सडक सडक निर्माण कार्य चलेको बेला जैविक मार्गमा पर्ने जग्गा धनीहरुले बिरोध गरेका छन । राम टोल र बैजनाथ टोलका स्थानियले भिमदत्त नगरपालिका वार्ड नम्बर ०९ का अध्यक्ष गगन सिह कार्की लाई एक ध्यानाकर्षण पत्र बुझाएका छन ।
उक्त सडक निर्माण कार्य ठेकेदार कम्पनिले तत्काल नसँच्याएको पाईएमा सडक निर्माण कार्य अवरुद्ध गर्ने चेतावनी समेत ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
पत्रमा ढल व्यवस्थापन उचित नभएको , मापदण्ड विपरित र सामुदायिक वन क्षेत्र भन्दा पनि उपभोग गरिरहेको जमिनमा बढि क्षेती हुने गरेर सडक निर्माण गरिरहेको स्थानियको गुनासो रहेको छ ।