कञ्चनपुर । कञ्चनपुरको जिल्ला सदरमुकाम महेन्द्रनगरमा रहेको एक पार्क व्यवस्थापन गरिदै छ । भीमदत्त नगरपालिका १८ महेन्द्रनगर बजारसंगै रहेको ‘भीमदत्त बाटिका’ व्यवस्थापन गर्न लागिएको हो ।

आन्तरिक तथा बाह्य पर्यटकीय गन्तव्य बनेको पार्क उचित व्यवस्थापनमा भुतबङ्ला जस्तै भएको थियो । अहिले स्थानीय तहमा नयाँ जनप्रतिनिधी आएसंगै बजारकै मुटुमा रहेको पार्क व्यवस्थापन गरिन लागिएको छ ।

त्रिकोणात्मक रहेको पार्क उचित व्यवस्थापन अभावका कारण प्रवेस गर्न लायक थिएन । भीमदत्त नगरपालिका सरकार मातहत रहेको पार्क हरेक बर्ष ठेक्का लगाईथ्यो, केही मानिस मात्रै पार्क अवलोकनका लागि आउँथे तर, केही बर्ष बर्षयता उचित व्यवस्थापन अभावका कारण तीनतिरै पार्कभरी जंगली झाँडी र केही ठुला, साना होचा पुट्का पाट्की बिरुवा मात्रैले मानिसको आकर्षण थिएन । महेन्द्रनगर प्यालिङ्ग शहरसंगै झण्डै साढे तीन दशक अघि बनेको पार्क अहिले सजावट गर्न नगरपालिका अग्रसर देखिएको छ । पार्कको तीनतिर सडक पक्की सहित बस्ती सडक रहेको छ । चालु आर्थिक बर्ष २०७९÷०८०मा भीमदत्त नगरपालिका स्थानीय सरकार आफैले पार्किङ्ग शुल्क संकलन गरिएको छ । प्रति व्यक्ति १०रुपैया र विद्यार्थी, बालबालिकाका लागि ५ रुपैँया निर्धारण गरेको छ ।

भीमदत्त नगरपालिका आफैले पार्क व्यवस्थापनका लागि कामकाज अघि बढाएको छ । भीमदत्त नगरपालिका १८ का युवा वडा सदस्य हेम बहादुर बस्नेत पार्क व्यवस्थापनका लागि खटिएका छन । आफ्नो वडामा भएकाले उनले नगरपालिका घचघच्याएर पार्कलाई बच्चादेखि बृद्धसम्मका मानिसलाई अवलोकनकर्ता बनाउने योजना अघि सारेर पार्क व्यवस्थापनमा कस्सिएका छन । वडा सदस्य बस्नेतले पार्कको बाहिर प्यारामिटरमा एक महिना अघि नै सरसफाई गरिएको बताए । ‘हामी स्थानीय तहको निर्वाचन लगत्तै पार्कलाई पार्क जस्तै बनाउने अभियानमा जुटेर बाहितर्फ सरसफाईमा जुटेका थियौँ, ‘उनले भने, ‘तीनतिरैको प्यारामिटर सरसफाई सकेर भित्रतर्फको व्यवस्थापनमा जुटेका छौँ ।’ पार्कभित्र रहेको झाँडी सफाई, शौचालय सरफाई गरिएको उनले बताए । ‘पार्क भित्र टुटफुट भएको पदमार्ग पनि मर्मत गछौँ, ‘उनले भने, ‘केही नयाँ संरचना पनि निर्माण गछौँ ।’

पार्कभित्र बच्चाबच्चीका लागि खेल्ने समाग्री राख्ने, २४ सै घण्टा पानीको पहरा राख्ने, खानेपानी प्रंबन्ध गर्ने, चौतारा बनाउने, ठुला रुखझाँडी सफाई गर्ने, फोहोरमैला केन्द्र एक निश्चित ठाँउमा बनाउने, अशोकका रुख एक रुपता ल्याउने बताए । सरस्वतीको मन्दिर किसान नेता शहित भीमदत्त पन्तको सालिक सहित पार्क भित्र रहेका सबै संरचना सजावट गरिने उनले बताए ।

‘पार्कलाई चिटिक्क, आकर्षक बनाउन भित्र फुलबारी बनाउँछौँ, ‘उनले भने, ‘यो पार्क विगतकै जस्तो सबैको आर्कषणको केन्द्र बनाउँछौँ ।’ भीमदत्त नगर मात्रै होईन जिल्लाको पहिचान बनाउने उदेश्यले पार्क व्यवस्थापनमा खटिएको भीमदत्तका वडा सदस्य बस्नेतको भनाईछ । ‘नगरपालिकाले ठेक्का लगाएर पैशा कमाउने मात्रै होईन, ‘उनले भने, ‘यस पार्कमा सबैलाई प्रवेस गर्ने वातावरण सृजना गर्ने हो ।’ पार्क व्यवस्थापन गर्न थालिएपछि पार्क वरपर रहेका स्थानीय एव कञ्चनपुरका सरोकारवाला समेतले नगरपालिकाको काम सरानिय भएको बताएका छन । भीमदत्त नगरका स्थानीय पुष्पराज जोशीले महेन्द्रंनगर पार्कलाई पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा जोडदिए । ‘मनोरन्जनदेखि आराम स्थल पार्क बनाउँनुपर्छ, ‘उनले भने, ‘त्यसका लागि नगरपालिकाले बजेटदेखि रंगरोगन सजावटका काम अघि बढाउनुपर्छ ।’ भीमदत्त नगरका प्रवक्ता महेन्द्र खडकाले नगरपालिकाले पार्कलाई स्तरोन्नती गरिने बताए । प्रवक्ता खडकाले पार्कलाई प्रभावकारी ढङगबाट संचालनका लागि नगरपालिकाले थप योजना संचालन गरिने बताए । पार्क सुधार भएपछि अवलोकनकर्तालाई मनोरन्जनका लाभदायक हुनेछन ।

प्रतिक्रिया दिनुस