कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको पहलमा चौधर नदीमा तटवन्ध बन्ने भएको छ । गाँउपालिकाको पहलमा ५ ईमलियामा पर्ने चौधरी नदी नियन्त्रणका लागि तटबन्ध निर्माण हुने भएको हो । गाउँपालिकाको पहल र नयाँ प्रविधिमा आधारित तटवन्धन कार्यालय जाउलाखेलको सहयोगमा तटवन्ध बन्न लागेको गाउँपालिकाले जनाएको छ ।

विहिवार गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले उक्त कार्यको शिलान्यास गर्दै जनताको पक्षमा जनहितकारी काम गरिरहने बताउनु भयो । चौधर खोला बस्तीको सिरानी तर्फ भएकाले बर्षायाममा यहाँ नागरिक भयावह अवस्थामा बस्नुपर्ने समस्या समाधनका लागि तटवन्धन अनिर्वाय रहेको बताए ।

सानो पानी पर्दा समेत इमलिया झिलमिला, बैवाह लगायतका बस्ती अति जोखिममा रहेकाले यस तटवन्धनले ठुलो राहत मिल्ने उहाँले बताउनु भयो । चौधर खोलामा आउने पानीको बहाफलाई ध्यान दिदै उक्त तटवन्धन बनाइन लागेको हो ।

बेलडाँडीका प्रवक्ता गज बहादुर बिष्टले चौधर खोला लगायत विभिन्न खोलाहरुमा तटवन्ध निर्माणका लागि सम्वन्धित ठाउँहरुमा पहल गरेको बताए । बेलडाँडी विकासका निम्ति सबैपक्षसंग हातेमालो गर्दै अघिबढ्नेमा उहाको जोड छ ।

५ का अध्यक्ष इन्द्र बहादुर खडका चौधर खोलाका कारण यस क्षेत्रका जनताले धेरै दुख पाएको बताउदै यस तटवन्धनले केहि राहत हुने बताए । उनका अनुसार स्टमेट भन्दा उपभोक्ताको माग अनुसार उचाई बढाउनुपर्नेमा जोड दिदै काम गुणस्तरिय बनाउन सबैपक्षबाट अनुगमन हुनुपर्नेमा समेत जोडदिए ।

यस वडाको मुख्य समस्या चौधर खोला, सिमसार, जंगली जनावर आतंक, भारतीय खुला सिमाना मुख्य समस्या रहेको बताए । ती समस्या समते क्रमिकरुपमा समाधान गरिने उहाँले बताए । नेपाली कांग्रेस बेलडाँडी सचिव कुलैराज उपाध्यायले विकास क्रमिक रूपले हुने हुदा विकास गर्नका लागि नेपाली कांग्रेस बेलडाँडी सबै पक्षसंग हातेमालो गर्दै आएको र गरिरहने समेत बताए ।

उनले भने विकास बाधक कुनैपनि पक्षबाट नहुनुपर्ने बताए । त्यस्ता कुनै समस्या भए त्यसलाई प्रक्रियागत समाधान खोज्दै अगाडी बढ्नु पर्ने सुझाव दिए । ४५ लाख लागतमा १ सय ७२ मिटर लम्वाइ र ढाईफिट उचाइ भएको तटवन्धन बन्ने छ ।

चौधरी नदि नियन्त्रण उपभोक्ता समिति मार्फत किशोर कन्ट्रक्सन कम्पनीले निर्माणको कार्य गर्न लागेको छ । उक्त क्षेत्रमा तटवन्धन बन्ने भएपछि स्थानीय ढुक्क भएका छन । स्थानीयले नहर र उक्त नदिका कारण सिमसार हुने भएकाले सो समस्या समेत समाधान गरिदिन आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुस