कञ्चनपुर । कञ्चनपुरमा पनि नेपाल बार एशोसिएशनले स्थापना दिवस मनाईएको छ । बिहीबार उच्च अदालत बार एशोसिएशन र जिल्ला बार एशोसिएशनको संयुक्त आयोजनामा नेपाल बार एशोसिएशनको ६७ औँ स्थापना दिवस मनाईएको हो ।

स्थापना दिवसमा शुभकामना आदान–प्रदान गरी मनाएको छ । जिल्ला अदालत बार एशोसिएशन कञ्चनपुरका अध्यक्ष कृष्णदेव जोशीले कानुन दिवसको अवसरमा सम्पूर्ण कानुन व्यवसायी र कानून पढ्ने विद्यार्थीलाई शुभकामना दिँदै स्वतन्त्र, सक्षम तथा जनउत्तरदायी न्यायपालिका, विधिको शासन, लोकतन्त्र र मानवअधिकारको रक्षाका लागि बारले काम गर्दै आएको बताए ।

आचरण शुद्ध राखेर न्याय कसरी पाउने त्यसमा विशेष जोड दिनु पर्नेमा जोडदिएका छन । कार्यक्रममा प्रमुख अतिथी उच्च अदालत महेन्द्रनगर दिपायल ईजलासका मुख्य न्यायाधीश राजेन्द्र सुवेदी र विशिष्ट अतिथी जिल्ला अदालत कञ्चनपुरका धुर्वकुमार शाह कानुनी व्यवसायी सहितको उपस्थिति रहेको थियो ।

उच्च अदालत बार एशोसिएशनका अध्यक्ष यज्ञराज जोशीले स्वागत मन्तव्य राखेका थिए । अधिवक्ता कौसिल्या ओझाले कार्यक्रम संचालन गरेकी थिईन ।

प्रतिक्रिया दिनुस