कञ्चनपुर ,पुस, १०। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका सबै वार्ड अध्यक्षलाई पत्रकार‌ गणेश दत्त भट्ट (जी भट्ट)ले बिन्तीपत्र चढाएका छन । शुक्लाफाँटा नगरपालिका वार्ड नम्वर १ का स्थानिय समेत रहेका पत्रकार‌ जी भट्टले सुशासन ,विकास निर्माणमा भष्टाचार, कमिसन , कमसल खालको बिकास निर्माण भईरहेको भन्दै सबै वार्ड अध्यक्ष हरूलाई भेटेर अलग अलग बिन्तीपत्र चढाएका छन ।

स्थानिय निर्वाचन सम्पन्न पछि नयाँ जनप्रतिनिधि आएको ७ महिना बिति सक्दा समेत नागरिकता सिफारिस सम्म सामान्य प्रशासनिक काम बाहेक अरू कुनै पनि काम अगाडी बढाउन नसक्नुले जनप्रतिनिधि प्रति पनि जनताको बिस्वास गुम्दै गएको र विकास निर्माण हुन गईरहेको कामहरूमा समेत गुणस्तरहिन कमसल खालको निर्माण भईरहेको पाईए पनि जनप्रतिनिधि मौन हुनुले भष्टाचार समेत हुन गएको भन्ने प्रश्न चिन्ह खडा भएकोले हुदाँ शुभचिन्तकको नाताले पत्रमा यो बिन्तीपत्र चढाएको उल्लेख गरिएको छ ।

विध्यालय बेचेको प्रकरणमा मुछिएका मुख्य पात्र टिकेन्द्र प्रसाद भट्ट कारबाहीको सिफारिस भएको भए पनि थप जिम्मेवारी दिएर प्रमुख प्रशासकिय अधिकृत बनाउदा सुशासन माथी प्रश्न चिन्ह खडा भएको भन्दै पत्रकार भट्टले चढाएको बिन्तीपत्रमा उल्लेख गरिएको छ ।

यस्तो छ जी भट्टले चढाएको बिन्तीपत्र

प्रतिक्रिया दिनुस