कञ्चनपुर । कञ्चनपुरमा सरकारी सवारी साधनको चरम दुरुपयोग भएको पाईएको छ । कार्यालयको कामकाज भन्दा पनि निजी काम र मोजमस्तीका लागि सरकारी सवारी साधन दुरुपयोग भएको पाईएको हो । कतिपय कर्मचारीले सरकारी सवारी साधन दुरुपयोग मात्रै होईन दोहन गरेको भन्दै आवाज उठेपनि नियन्त्रण गर्ने निकायले सुन नसुनेको जस्तै गरेका छन । स्थानीय, प्रदेश र संघीय सरकार मातहत रहेका विभिन्न सरकारी कार्यालयका दुई तथा चार पाङग्रे सवारी साधन निजी काम तरकारी, राशन ओसार्ने, पिकनिक जाने, मदिराका पसलमा भेटिने गरेका छन ।
सार्वजनिक विदाका र अन्य दिनमा समेत सरकारी कामकाजका लागि भन्दै सवारी साधन दुरुपयोग गर्नेक्रम बढेको भन्दै गुनासो बढेपनि सरकारी सम्पत्ती दुरुपयोग गर्ने परम्परा रोकिएको छैन । सरकारी सम्पत्ती दुरुपयोग रोक्नका लागि प्रशासन र अख्तियारका कार्यालयलाई ठाडै चुनौती दिएर दुरुपयोग भईरहेका छन । खरिदारदेखि उपसचिवसम्मले सवारी साधन दुरुपयोग बढेको गुनासो आएपछि सरकारी निकायले नियन्त्रणमा चासो नदेखाएपछि विद्यार्थी र युवा नेताहरु दुरुपयोग बिरुद्धमा एक्सनमा उत्रिएका छन ।
कञ्चनपुरमा सरकारी सवारी साधन दुरुपयोग बढेपछि नेकपा माओवादी केन्द्र र एमाले निकट युवा विद्यार्थीले नियन्त्रण गर्न थालेका छन । एमाले–माओवादीले सार्वजनिक विदाका दिनमा समेत सरकारी साधन आफ्नै घरको सम्पत्ती र ससुरालीबाट दाईजो दिएको जस्तै ठानेर दुरुपयोग गर्न थालेपछि नियन्त्रणमा लिएर प्रशासनमा बुझाएको बताएका छन । आइतबार इसाई धम्र्बालम्बी दिवसको अवसमा कञ्चनपुरको महाकाली पुल आयोजना कार्यालयको सवारी साधन दुरुपयोग भएको भन्दै एमाले माआवादीका युवा विद्यार्थीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन ।
एमाले निकट विद्यार्थी नेता कमल रोकायाले सरकारी सवारी साधन दुरुपयोग बढेको गुनासो आएपछि आफुहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको बताए । उनका अनुसार महाकाली पुल आयोजनका ईन्जिनियर प्रशान्त भट्टले कार्यालयदेखि धनगढी तर्फ लगिरहेको अवस्थामा पुर्वश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत भीमदत्त नगरपालिका ४भाँसीमा रोकेर प्रहरीलाई बुझाएको बताए । स्टेट ३ बा एए०६७९नम्बरको सवारी साधन(जिप) रोकेर प्रहरीलाई बुझाएको बताए ।
माओवादी निकट अखिल क्रान्तिकारीका नेता कैलाशचन्द्र गिरीले सरकारी सवारी साधन चरम दुरुपयोग भएको गुनासो बढेपछि एमाले, माओवादी निकट युवा विद्यार्थीले रोकेर बुझ्दा दुरुपयोग भएकोले प्रहरीलाई उक्त सवारी साधन बुझाएको बताए । ‘हामीले रोकेर चालक, सवारी साधनमा भएका ईन्जिनियर प्रशान्त भट्ट सहितलाई प्रहरीको जिम्मा लगाएका छौँ, ‘उनले भने, ‘पदको धाकले सरकारी सम्पत्ती दुरुपयोगले अनियमितता बढेको छ ।’
शनिबार सुपप्र ०१००१ब१६८६ मोटरसाईकल समेत बेदकोटको एक मदिरा पसलमा राती भेटिएको उक्त मोटरसाईकल समाजिक सञ्जालमा भाईरहेको छ । यसरी सरकारी कर्मचारी, जनप्रतिनिधीले सरकारी साधनको धुलोराम हुँदासम्म दुरुपयोग गर्ने कार्य नरोकिएपछि विद्यार्थी युवा संगठनले नियन्त्रण गर्दै जाने चेतावनी दिएका छन । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्यालले सरकारी सवारी साधन दुरुपयोग रोक्ने र त्यस्तो गरेको भेटिएर कार्बाही गरिने बताए ।
‘मलाई महाकाली पुल आयोजना कार्यालयले सार्वजनिक विदाका दिन अनुमती माग गरे नगरेको थाहा भएनन, ‘प्रजिअ अर्यालले भने, ‘भोली कार्यालय खुलेपछि बुझ्छु, पास नमागेको भए कार्बाही गर्छु ।’ सरकारी साधन मनपरि दोहन गरेर राज्यकै पैशाले अनावश्यक मर्मत गर्ने अर्कारित निजी काम गर्ने भन्दै गन गुनासो बढेपनि प्रशासन अख्तियार यस मामिलामा निरही देखिएको छ । ‘सरकारी सम्पत्ती दुरुपयोग गर्नेले गरेका ग¥यौँ, छन, ‘एक कर्मचारीले भने, ‘गर्नेमाथि कार्बाही हुँदैन, नपाउनेले छुन पनि पाउँदैनन्, यस्तो विभेद पनि छ ।’