कञ्चनपुर । कञ्चनपुरमा सरकारी सवारी साधनको चरम दुरुपयोग हुन थालेपछि जिल्ला प्रशासन कार्यालयले चासो दिएको छ । सार्वजनिक विदाका दिन सरकारी सवारी साधन दुरुपोग बढेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले चासो दिएको हो ।

कार्यालयको कामकाज भन्दा पनि निजी काम र मोजमस्तीका लागि सरकारी सवारी साधन दुरुपयोग बढेसंगै प्रशासन कार्यालयले सवारी साधन दुरुपयोग गर्ने कार्यालयलाई स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

१० पुष सार्वजनिक विदाका दिन महाकाली पुल आयोजना कार्यालयको सवारी साधन दुरुपयोग भएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कार्यालयलाई स्पटीकरण पेश गर्न निर्देशन दिएको हो । सोमबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महाकाली पुल आयोजनालाूई सवारी साधन दुरुपयोग बारे स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

महाकाली पुल आयोजनाका ईन्जिनियर प्रशान्त भट्टले कार्यालयदेखि धनगढी तर्फ लगिरहेको अवस्थामा एमाले–माओवादी निकट युवा विद्यार्थीले पुर्वश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत भीमदत्त नगरपालिका ४ भाँसीमा रोकेर प्रहरीलाई बुझाएका थिए । स्टेट ३ बा एए०६७९नम्बरको सवारी साधन(जिप) रोकेर प्रहरीलाई बुझाएको हुन ।

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीद्वारा हस्ताक्षरित गरिएको स्पष्टीकरण पत्रमा सार्वजनिक विदाका दिन महाकाली पुल आयोजनाको सवारी साधन दुरुपयोग भई युवा विद्यार्थीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको भनि विभिन्न समाजिक माध्यम एव सञ्चार माध्यमबाट जानकारी हुन आएकाले सो सम्बन्धमा के कसो भएको हो ?

चलाउनुको कारण के हो ? यस बारेमा सत्यतथ्य खुलाई चालक र कार्यालय प्रमुखले तीन दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । सोमबार सवारी साधन भने प्रहरीले कार्यालयलाई बुझाएको छ ।

सरकारी साधन मनपरि दोहन गरेर राज्यकै पैशाले अनावश्यक मर्मत गर्ने अर्कारित निजी काम गर्ने भन्दै गन गुनासो बढेपनि प्रशासन अख्तियार यस मामिलामा निरही देखिएको छ । ‘सरकारी सम्पत्ती दुरुपयोग गर्नेले गरेका ग¥यौँ, छन, ‘एक कर्मचारीले भने, ‘गर्नेमाथि कार्बाही हुँदैन, नपाउनेले छुन पनि पाउँदैनन्, यस्तो विभेद पनि छ ।’

कञ्चनपुरमा सरकारी सवारी साधन दुरुपयोग बढेपछि स्थानीय समेत हैरान भएका छन । उक्त सवारीसाधन शनिबार बनबासा समेत लगिएको विषय बाहिर आउन थालेको छ । बनबासाको एसएसबी चेक पोष्टमा समेत दर्ता गरिएको विषय बाहिर आएपछि उक्त सवारी साधन नेपाल मात्रै नभई भारतमा समेत दुरुपयोग भएको पाईएको छ ।

प्रशासनले उक्त सवारी साधन दुरुपयोग बारे थप बुझ्न चाहे एसएसबी क्याम्प र गड्डाचौकी सिसिटिभी फुटेजमा समेत गएर बुझ्न सकिने प्रत्यक्षदर्शीको भनाई छ ।

प्रतिक्रिया दिनुस