रवि पाण्डे, नवलपरासी । पश्चिम नवलपरासी सहित देशैभर संयुक्त रूपमा १३० औँ माओ दिवस मनाइएको छ । सोमवार नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)ले संयुक्त रुपमा माओत्से तुङको स्मरणमा दिवस बनाएका हुन् ।

कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय सल्लाहकार तथा जिल्ला ईञ्चार्ज क्षेत्रबहादुर थापा क्षेत्रीले विश्व कम्युनिष्ट आन्दोलनमा माओत्सेतुङको योगदान बारे चर्चा गर्दै क्रान्तिकारी धुब्रीकरणको आवश्यकता औल्याउनुभयो ।
कार्यक्रममा अर्का बक्ता नेकपा(बहुमत) महाधिबेशन आयोजक समितिका सदस्य तथा जिल्ल्ला ईञ्चार्ज शितलले नेपाली कम्युनिष्ट आन्दोलनले माओत्से तुङको जीवनबाट धेरै कुरा सिक्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका महासचिव रवि पाण्डेयले माओले राष्ट्रिय स्वाधीनताको पक्षमा र साम्राज्यवादको बिरुद्ध गरेको संर्घषबाट देशभक्त नेपालीहरुले सिक्नुपर्ने चर्चा गर्नुभयो ।
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला सचिवालय सदस्य रामचन्द्र पोखरेललगायतले बोल्नुभएको थियो ।
कार्यक्रम जेष्ठ सदस्य गुणनीधि पोखरेलको अध्यक्षता नेकपा बहुमतका गणेश बहादुर क्षेत्रीको संचालनमा भएको थियो ।
माओ त्से तुङ एक चिनियाँ क्रान्तिकारी, राजनीतिक विचारक र साम्यवादी दलका नेता हुनुहुन्थो ।

उहाँले जनवादी गणतन्त्र चीनको स्थापना भएको साल सन् १९४९ देखि यता उनको मृत्यु भएको मिति सन् १९७६ सम्म चीनको नेतृत्व सम्हाल्नुभएको थियो । माक्र्सवादी, लेनिनवादी विचारधारालाई सैनिक रणनीतिमा जोडिएको उहाँको सिद्धान्तलाई माओवादको नामले संसारभर चिनिन्छ ।
रुपन्देही – यसैगरी सम्वाददाता राजु भुजेलले पठाएको समाचार अनुसार १३०औं माओ दिवस बुटवलमा पनि सम्पन्न भएको छ ।
नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मशाल) र नेकपा (बहुमत) रुपन्देही जिल्लाको आयोजनामा माओ जयन्ती शानदाररुपमा सम्पन्न भएको हो । कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का पिबिएम द्वय क. के. बी. गुरुङ र क. प्रेम सुवेदी, नेकपा (मशाल) का केन्द्रीय प्रतिनिधि क. विमल सर्मा, नेकपा (बहुमत) का के स क. प्रबेस र् मार्क्सवादी विचार मंचका
सचीव क. बिन बहादुर कवरले माओका सिद्धान्तहरु र योगदानहरुलाई क्रान्तिकारी कम्युनिस्टहरुले व्यहबारमा लागू गर्नु आजको आवश्यकता रहेको विचार रख्नु भएको थियोे ।
कार्यक्रम नेकपा ( क्रान्तिकारी माओवादी) का लुम्बिनी प्रदेश सदस्य क. लक्ष्मीकान्त पौडेलको अध्यक्षता, नेकपा ( बहुमत) का क. संजिवको स्वागत र नेकपा (मशाल ) का क. दिपक पौडेलको संचालनमा भएको थियो ।
दाङ – उता दाङबाट हाम्रा सम्वाददाता ईश्वरीप्रसाद गैरेले पठाएको समाचार अनुसार दाङमा पनि माओ दिवस भव्य रुपमा मनाइएको छ । घाेराही ट्राफिक चाेकबाट आयाेजक पार्टीका नेता कार्यकर्ताहरुकाेे विशाल जुलुसले नगर परिक्रमा गरेपछि ओमशाही हलमा प्रवचन कार्यक्रम गरिएको थियो ।
उक्त कार्यक्रमलाई नेकपा क्रान्तिकारी माओवादीका केस समीर केसी, मशालका केस शशिधर भण्डारी, बहुमतका केस तिलक पुनले माअाेका याेगदानहरुकाे चर्चा गर्दै नेपाली कम्युनिस्ट आन्दोलनमा त्यसको सान्दर्भिकताबारे बताउनुभएको थियो ।कार्यक्रमकाे सञ्चालन बहुमतका मनाेजले गर्नुभएको थियो भने अध्यक्षता क्रान्तिकारीका रामजी चाैधरीले गर्नुभएको थियो । त्यसैगरी स्वागत मशालका रेशम विसिले गर्नुभएको थियो ।
यसैगरी गरी कर्णाली प्रदेशका विभिन्न जिल्ला प्युठान, सुर्खेत,नेपालगञ्ज र सुदुरपश्चिमका विभिन्न जिल्ला पनि धनगढी, बैतडी, कञ्चनपुर, डडेल्धुरा पनि माओ दिवस मनाइएको छ ।

प्रतिक्रिया दिनुस