चोरडाँकु समुहले सीमावर्ती नेपालीका घरमा चोरीडकैती लुटपाट गरिरेका छन । रातीका बेला हतियार सहित लुटन आउने भारतीय डाँकु समुहले बेलौरीका सीमावर्ती गाँउमा लुटपाट मच्चाईरहेका छन ।

७ पुषमा बेलौरी नगरपालिका १ फटियाका राजेन्द्र भट्टको घरमा चोरीडकैती भएको एक साता नवित्दै फेरी बेलौरी नगरपालिका २बैजुडाँडाका दुई घरमा लुटपाट भएको छ । भट्टको घरबाट नगद ३लाख २० हजार सहित गरगहना लुटपाट गरेर लगेका थिए ।

लुटेरा समुहले भट्टको घरबाट नगद सहित गरगहना, ध्यु समेत लुटपाट गरेर लगेका थिए । गयराती भारतीय लुटेरा समुहले बैजुडाँडाका दुई स्थानीय घरमा लुटपाट गरेका छन । बैजुडाँडा सीमावर्ती घर भएका प्रेमनाथ चौधरी र मनोज चौधरीको घरमा भारतीय लुटेरा समुहले लुटपाट गरेका हुन ।

चौधरीद्वय परिवारले १०÷१२ जना नकावधारी भारतीय लुटेराले घरमा पसेर नगद सहित धनमाल लुटपाट गरेर लगेको बताएका छन । ईलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज प्रहरी निरीक्षक दानसिह भण्डारीले चौधरीद्वय सहित भट्टको घरमा लुटपाट गर्ने गिरोहको खोजीकार्य भईरहेको बताए ।

‘फटियाका भट्टको घरमा चोरी डकैती गर्ने संस्कापदमाथि निगरानी र पक्राउ गर्ने काम भएको छ, ‘उनले भने, ‘चौधरीका घरमा समेत लुटपाट गर्ने गिरोहको खोजीकार्य भएको छ ।’ पीडितले दिएको बयानका आधारमा भारतीय लुटेरा भए उतैका प्रहरीसंग समन्वय गरेरै भएपनि लुटपाटमा संलग्नमाथि कार्बाही गरिने बताए ।

यसरी कञ्चनपुरका सीमावर्ती गाँउमा लुटपाट हुनथालेपछि स्थानीय त्रसित भएका छन । स्थानीयले सीमावर्ती डोकेबजारदेखि ब्रम्हेदबसम्मका गाँउमा सशस्त्र प्रहरी, प्रहरीले समेत सीमावर्ती गाँउबस्तीमा रातीका बेला गस्ती गरिदिन आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुस