कञ्चनपुर । सुदूरपश्चिमका परिचित युवा उद्यमी तेज बहादुर चन्द कञ्चनपुर उद्योग वाणिज्य संघको सदस्यमा मनोनित भएका छन । महेन्द्रनगर कञ्चनपुरका स्थानीय समेत रहेका युवा उद्यमी चन्द कञ्चनपुर उद्योग वाणिज्य संघको सदस्यमा मनोनित भएका हुन ।

चन्दलाई कञ्चनपुर उद्योग वाणिज्य संघले कार्य समितिको सदस्यमा मनोनित गरेको हो । पश्चिम क्षेत्रको उद्योग, व्यवसायीका हस्तीकै रुपमा रहेका युवा उद्यमी चन्दको वाणिज्य संघका खाचो परेसंगै सदस्यमा चयन गरिएको वाणिज्य संघले जनाएको छ । वाणिज्य संघको सदस्यमा चयन भएका चन्दले संघको संस्थागत विकास र उद्योगी व्यवसायीको हकहितका लागि काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

प्रतिक्रिया दिनुस