कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाँउपालिकामा ऐलानी जग्गा नापजाँच शुरु गरिएको छ । बेलडाँडी गाँउपालिकाले ऐलानी जग्गा नापजाँच शुरु गरेको हो । बुधबारदेखि गाँउपालिकाले ऐलानी जमिन नापजाँच शुरु गरेको गाँउपालिकाले जनाएको छ । भूमिहिन दलित, सुकुमबासी र व्यवस्थित बसोबासीलाई जमिनको मालिक बनाउनका लागि गाँउपालिकाले जग्गा नापजाँच शुरु गरेको छ । बेलडाँडी गाँउपालिका अध्यक्ष हरिशचन्द्र रानाले भूमिहिन दलित, भूमिहिन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जमिन दिलाउनका लागि नापजाँच शुरु गरिएको बताए ।

गाँउपालिका प्रमुख रानाले ५ नम्बर वडा झिलमिलाबाट नापजाँच शुरु गरिएको बताए । यस अघि अव्यवस्थितमा फारम भरेका र बाँकी खाली रहेको ऐलानी जमिन नापजाँच गरिने गाँउप्रमुख रानाले बताए । उनका अनुसार १ सर्वेक्षक सहित ५ अमिन ऐलानी जमिन नापजाँच गर्नेछन । ‘अहिले हामीले ६ जना मात्रै जनशक्ति बनाएर फिल्डमा खटाएका छौँ, ‘उनले भने, ‘यो टोलीले कतिको काम तिव्र रुपमा अघि बढाउँछन, त्यही अनुरुप थप जनशक्ति एव यहीलाई निरन्तरता दिन्छौँ ।’

बेलडाँडी गाँउप्रमुख रानाले अब नापजाँचको काम निरन्तर अघि बढ्ने बताए । ‘जमिन भएका तर बषौँदेखि लालपुर्जा बिहिन अव्यवस्थित बसोबासीलाई जमिनको मालिक बनाउँछौँ, ‘गाँउपालिका प्रमुख रानाले भने, ‘भूमिहिन दलित र सुुकुमबासीलाई समेत जमिन धनी बनाउँछौँ ।’ बेलडाँडी गाँउपालिका उपप्रमुख शान्ति नाथले अब बेलडाँडीका भूमिहिन दलित, सुकुमबासी र जमिन भएरपनि स्वामित्व नभएका अव्यवस्थित बसोबासी नागरिक जमिनका मालिक बन्ने बताईन ।

‘हामीले चुनावका बेला जनतासंग लालपुर्जा वितरण गछौँ, भन्ने बाचा थियो, ‘उनले भने, ‘त्यही बाचा अनुरुप हामी निरन्तर जनताको काममा जुटेका छौँ, जुन दिन जनताले हातमा लालपुर्जा पाउँछन, त्यो दिन हाम्रो बाचा पुरा हुनेछ,अहिले कामकाज प्रकृयामा अघि बढेको छ ।’ नापजाँच कार्यक्तममा जिल्ला समन्वय समिति कञ्चनपुरका उपप्रमुख राम कुमारी रानाले नापी कार्यलाई तिव्र अघि बढाउँदै बषौँदेखि जमिनको स्वामित्वबाट बञ्चितलाई जमिन दिनुपर्ने बताईन ।

गाँउपालिकाको उक्त योजनासंगै साढे चार हजार घर परिवार जमिनको मालिक बन्ने भएका छन । बेलडाँडीमा भूमिहिन दलित १५५ भूमिहिन सुकुमबासी १९४ र अव्यवस्थित बसोबासी ४ हजार ३३३ यस अघि छुट्टाछुट्टै फारम परेका छन । गाँउपालिकाले जमिन नापजाँच कार्य अघि बढाएसंगै बेलडाँडीका भूमिहिन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासी हर्षित भएका छन । लामो पखाईपछि आफ्नो पालिका क्षेत्रका जनताको समस्या समाधान गर्न लागेको भन्दै स्थानीय हर्षित भएका छन ।

जमिन भएरपनि लालपुर्जा नभएका अव्यवस्थित बसोबासी जमिन नभएका भूमिहिन दलित र सुकुमबासी जमिनको मालिक बन्ने भएपछि हर्षित भएका हुन । बेलडाँडीका झण्डै ४हजार ६सय ८८ नागरिक जमिनको मालिक बन्नेसंगै एकारित राज्यलाई भूमिकर राजस्व अर्कारित नागरिकलाई अनेकन वित्तिय कारोबारका लागि समेत सुविधा हुने भएकाले यस कार्यबाट राज्य र नागरिक दुवै लाभान्वित हुनेछन ।

प्रतिक्रिया दिनुस