कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको १२ औँ नगर सभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ । शुक्रवार भएको शुक्लाफाँटा नगरपालिकाको १२औँ हिउँदे अधिवेसन तथा नगर सभाबाट नगर प्रहरी ऐन तथा नगर वन ऐन सँगै दुईटा ऐन पारित भएको मेयर रण बहादुर महराले जानकारी दिनुभयो ।

नगर प्रहरी ऐन र वन ऐेन पेस गरिएको नगर सभाबाट दुवै ऐन पास भएको मेयर महराले बताए । नगर प्रहरी ऐन पारित भए संगै ७ जनाको नगर प्रहरीको टोली भर्ना हुने भएको छ । त्यस्तै  वन ऐन पारित भए पछि नगर पालिकामा रहेका सामुदायिक वन हरूको वन पैदावार काठ बिक्रि बितरण अन्य श्रोतबाट संकलन भएको कुल आम्दानीको १०% नगर पालिकामा बुझाउनु पर्ने भएको छ ।

प्रतिक्रिया दिनुस