कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ का वार्ड अध्यक्ष बहादुर महराले वार्ड अध्यक्ष पदबाट राजिनामा गरेका छन। महराले सुक्रबार भएको शुक्लाफाँटा नगरपालिकाको १२ औँ नगर सभामा मेयर रण बहादुर महरालाई राजिनामा पत्र बुझाएका छन ।‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌

एका एक वार्ड अध्यक्ष महराले‌ मेयर रण बहादुर लाई राजिनामा पत्र बुझाएर नगरसभाबाट बाहिएको कार्य पालिका सदस्य तथा वार्ड १ का सदस्य बल्देव अबस्थीले बताए ।

यस बिषयमा शुक्लाफाँटा नगरपाकिला  नगर प्रमुख रण बहादुर महरालाई सम्पर्क गर्दा वार्ड अध्यक्ष महराले राजिनामा पत्र बुझाएको छ यस बिषयमा के गर्ने भन्ने सल्लाह नभएको बताए । मेयर महराले भने कसैको बहकाउमा लागेर राजिनामा गरेको परिवारले बताएको हुदाँ सल्लाह र छलफल गरेर निर्णय गर्ने बताए । हामि भोली यसबारे छलफल गरेर निर्वाचन आयोगमा पत्र पठाउने जानकारी दिनुभयो ।

महरा नेकपा माओवादी केन्द्र पार्टीबाट शुक्लाफाँटा नगरपालिका ८ को वार्ड अध्यक्षमा दोस्रो पटक निर्वाचित भएका हुन । महराले संसदिय व्यवस्थाबाट देश र जनताको हित गर्न सम्भव नभएकोले नेकपा माओवादी केन्द्र पार्टी र वार्ड अध्यक्ष दुवै पदबाट राजिनामा गरेर नेकपा बहुमत पार्टीमा समावेश भएको बताएका छन ।

शुक्लाफाँटा नगरपालिका ८ नम्बर का वडा अध्यक्ष बहादुर महराले वडा अध्यक्ष पद र पार्टी कमिटी माओवादी केन्द्रबाट पनि राजिनामा दिएर नेकपा बहुमत मा समावेश भएका हुन । महरालाई नेकपा बहुमत पार्टी केन्द्रीय सचिवालय सदस्य तथा पार्टी व्युरो ईन्चार्ज कमरेड महान र पार्टी जिल्ला कञ्चनपुर ईन्चार्जले स्वागत गरेका छन ।

दुवै पदबाट राजिनामा गरेर नेकपा बहुमतमा समावेस भएको बहुमतका कञ्चनपुर पार्टी कार्यलय सचिव दिपेन्द्र ऐरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुस