साउदीबाट नेपाल फर्किएका कञ्चनपुरका एक युवक त्रिभूवन अन्तराष्ट्रिय विमान स्थल कार्यलयबाटै सम्पर्क बिहिन भएका छन ।

नेपाल ऐयरलान्स ९:३० मा नेपाल पुगेका कञ्चनपुरको भीमदत्त नगर पालिका १३ बडौपुर घर भएका अन्दाजी बर्ष २३ लोकेन्द्र कठायत सम्पर्क बिहिन भएका हुन ।

नेपाल ऐेयरलान्सको लापर्वाहीले सम्पर्क बिहिन हुन पुगेको लोकेन्द्र कठायतका भिनाजु करन बिष्टले जानकारी दिनुभयो । बिष्टका अनुसार मानसिक समस्या भएका उनलाई नेपाल आउदा छिट्टै बिमानस्थल आउन नेपाल ऐयरलान्सका कर्मचारीले फोन सम्पर्क गरेको भए पनि नेपाल पुग्दा लापर्बाहि गरेर अलपत्र छोडिदिदाँ उनी सम्पर्क बिहिन हुन पुगेका बताए । शुरूमा फोन गर्दा राम्रो कुरा गर्नु भो आफन्त आएर लगेर जानु भनरे कर्मचारी फोन गर्नु भो नेपाल आउँदा मतलव नगरेर तेत्तिकै छोडि दिदाँ अलपत्र सम्पर्क बहिन भएको बताए ।

उन्ले भने मानसिक समस्या थियो साउदी जेलबाट भर्खर छुटेर घर आएका हुन  प्रहरी वा सम्बन्धित मान्छेलाई बुझाउन नेपाल ऐयरलान्सको कर्तव्य भए पनि लापर्बाहिले गर्दा सम्पर्क बहिन भएर अहिले खोजी कार्य गर्न कठिन भएको लोकेन्द्रका भिनाजु करन बिष्टले बताए ।

यदि कसैले कहिकतै काठमाणडौँमा निज लोकेन्द्र कठायत भेट्टाए नजिकको प्रहरी कार्यलय सम्पर्क गरिदिन वा निम्न ९८६५५०४५५० नम्वरमा सम्पर्क गरि सहयोग गरिदिन अनुरोध गरेका छन ।

प्रतिक्रिया दिनुस