रोजगारीको लागि भारतको बैंग्लोर पुगेका डडेलधुराका एक युवक मोटरसाइकल दुर्घटनामा घाइते गम्भिर घाईते भएका छन । आर्थिक अभावका कारणले  युवकको उपचारमा समस्या भएको छ।

घरको आर्थिक अवस्था नाजुक रहेका डडेल्धुराको परशुराम नगरपालिका–११ ज्यामिरखाली (पातल) बस्ने मानबहादुर कुँवरका छोरा १८ वर्षीय हर्कबहादुर कुवँरको उपचारमा समस्या भएको हो।

एक महिनाअघि मात्रै बैंग्लोर गएका हर्क मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका छन्। उनको अहिले एसटी जोन्स मेडिकल कलेज बैंग्लोरमा उपचार भइरहेको छ। भारतमै उपचार गराइरहेका उनलाई आर्थिक अभाव भएको छ। हर्क बैंग्लोरको माराथल्ली डेन्टल जोन अप्तालमा काम गर्दै आइरहेको थिए।

उनको उपचारमा अहिलेसम्म ३ लाख भारु खर्च भइसकेको र अझैं ३/४ लाख भारु लाग्ने डाक्टरले भनेको हर्कका बुवा मानबहादुरले बताए। उनले आर्थिक सहयोग गरेर आफ्ना छोराको ज्यान बचाइदिन सबैमा आग्रह गरेका छन्।

उनले आर्थिक अवस्था निकै कम्जोर र गरिब परिवारको भएकाले उपचार गर्न आफ्नो क्षमताले नसक्ने अवस्था रहेको हुँदा आर्थिक सहयोगका लागि देशविदेशमा रहेका नेपालीका साथै संघ संस्थालाई सक्दो सहयोग गरिदिन हुन अपिल गरेका हुन्।

तपाईं पनि यसरी गर्न सक्नु हुनेछ सहयोग :

भारत Bir Singh Kunwar

Account No : 40912081942

स.न 9731932697

दिनेश भाट

9860157800

प्रतिक्रिया दिनुस